माघ १९ काठमाडौं । सरकारले ुफ्रेबअरीु महिनालाई आयोडीनको कमीले हुने विकृतिबारे सचेतना फैलाउने महिनाका रुपमा मनाउन शुरु गरेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्ल्याण महाशाखाले आज एक कार्यक्रमको आयोजना गरेर यो अभियानबारे जानकारी दिएको हो ।
कार्यक्रममा पोषण शाखा प्रमुख केदारराज पराजुलीले “नून थोरै खाऔं तर सही मात्रामा आयोडीन भएको दुई बालबालिका चिन्ह भएको पाकेटको नून मात्र खाऔं” भन्ने नारा सहित संघ , सातै प्रदेश र ७५३ स्थानीय तहमा स्थानीय परिस्थितिलाई ध्यानमा राखेर जनचेतनामुलक कार्यक्रमहरु गरिने जानकारी दिए । प्रमुख पराजुलीले आयोडिन शरीरलाई दैनिक रुपमा नभई नहुने सुक्ष्म पोषक तत्व रहेकाले आवश्यक मात्रामा आयोडिनको प्रयोग गर्न सबैमा आग्रह गरे ।
यसैगरी कार्यक्रममा नेपाल साल्ट ट्रेडिङ कर्पोरेशनका नायव महाप्रवन्धक कुमार राजभण्डारीले आयोडिनको कमीबाट हुने स्वास्थ्य समस्याको उपचार नरहेको भन्दै दुई बालबालिका चिन्ह् आयोडीन मात्रै खान अनुरोध गरे ।
कार्यक्रममा वितरित विज्ञप्तिका अनुसार मानिसलाई जन्मेदेखि ५९ महिनाका बालबालिकालाई ९० माइक्रो ग्राम,६ देखि १२ वर्षका बालबालिकालाई १२० माइक्रो ग्राम
वयस्कलाई १५० माइक्रो ग्राम,गर्भवती र सुत्केरीलाई २५० माइक्रोग्राम आयोनुनको आवस्यकता पर्दछ । तर यसको प्रयोग बढी गर्नु भने हुँदैन ।
विज्ञप्तिका अनुसार नेपालमा आयोडीनको कमीले हुने विकृतिहरु सन् १९६० को दशक देखि नै एक जनस्वास्थ्यका रुपमा पहिचान गरिएको थियो । नेपालको भौगर्भिक बनावटले गर्दा माटोको उपल नसक्ने हुनाले यो समस्या देखिइरहेको थियो । यसले गर्दा, नेपालका दशकसम्म आइपुग्दा पनि आयोडीनको कमीले गर्दा हुने विकृतिहरु जस्तैः गलगाँड,शारीरिक र मानसिक रुपले क्रेटिनिज्म भनिने लाटो लठ्यौरोपन देखिइरहेको थियो ।
गर्भवती आमाहरुमा यसको कमी हुँदा उनीहरुको गर्भमा रहेको बच्चा बच्चा तुहिने जस्ता समस्या हुनका साथै उनीहरुबाट जन्मने बालबालिकाको शारिरिक र मानसिक विकाश राम्रो नहुनुनाले उनीहरुको पठन पाठनमा पनि असर पर्न जान्छ । यसको मुख्य कारण नेपालमा उत्पादन हुने खाद्य वस्तुमा आयोडीन नहन र यस्तो खाद्य वस्तु खाने मानिस तथा जनावरले खानेकुराबाट पर्याप्त नपाउनु हो ।
आयोडीन मानिसलाई शारिरका प्रक्रियाहरु सञ्चालन गर्न, वृद्धि र विकास गर्नका लागि आवश्यक पर्ने एक खनिज तत्व हो । आयोडिन मानिसलाई दैनिक रुपमा थोरै मात्रामा चाहिने तर नभइ नहुने पोषक तत्व हो । त्यसैले यसलाई सुक्ष्म पोषक तत्व भनिन्छ । सामान्यतयाः एक वयस्क मानिसलाई दैनिक रुपमा १५० माइक्रोग्राम आयोडिन चाहिन्छ ।
यो सूक्ष्म पोषक तत्व मानिसको शररिमा थाइरोइड हर्मोनहरु उत्पादन गर्नका लागि चाहिन्छ,जसको मुख्य कामा मानिसले खाएको खानालाई शरीरमा अपशोषण गर्ने मेटाबोलिक प्रणालीमा सहयोग गरी शरीरलाई शक्ति प्रदान गर्नु हो ।
आयोडीन अन्य पोषक तत्वहरु जस्तै मानिसको शरीरमा उपयुक्त सन्तुलित मात्रामा चार तत्वको मात्रा कम भएमा आयोडीनको कमीले हुने विकृतिहरु हुन्छ भने, यसको मात्रा बढी भएमा शरीरमा नकारात्मक असर पर्न गई हाइपरथाइरोइडिज्म र अटोइम्युन थाइरोइड रोग जस्ता समस्या देखिन सक्छ ।
नेपालमा आयोडीनको कमीले हुने समस्या समाधानका लागि सन् १९७३ देखि नै अल्पकालिन तथा दीर्घकालिन रणनीतिहरु अख्तियार गरिएका थिए । अल्पकालिन रणनीति अन्तर्गत सन् १९७९ र१० देखि सन् १९९८ सम्म कण्ठरोग तथा क्रटिनिज्म नियन्त्रण आयोजना संचालन गरियो र आयोडीनको कमीको समस्या भोगिरहेका दुर्गम क्षेत्रमा बसोबास गर्ने लक्षित समूहमा आयोडीनयुक्त तेलको क्याप्सुल र आयोडीनयुक्त इन्जेक्शन दिने कार्य भयो ।
दीर्घकालिन रणनीति अनुसार नेपाल सरकारले सन् १९७३ देखि मानिस तथा जनावरले खाने नूनमा आयोडीन मिसाएर विक्री वितरण गरिने युनिभर्सल साल्ट आयोडाइजेशनको कार्यक्रम ल्यायो । साथै, सन् १९९९ मा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सही मात्रामा आयोडीन भएको नूनको लागि प्रमाणिकरण चिन्ह “दुई बालबालिकाको चिन्ह’ सामाजिक बजारीकरण अभियान अन्र्तगत जारी गर्यो ।
नेपाल सरकारले सन् २००० पछिको दशकहरुमा सामाजिक बजारीकरण अभियान अन्र्तगत राष्ट्रव्यापि रुपमा आयोडीनयुक्त नूनको व्यापक प्रचार प्रसार गर्यो । सन् १९९८ पश्चात यो कार्यक्रम नै नेपाल सरकारको आयोडीनको कमीले हुने विकृति नियन्त्रणका लागि एक मात्र महत्वपूर्ण कार्यक्रम हो।
नेपालले आयोडीनको कमीले हुने विकृति नियन्त्रण गर्नका लागि सन् १९७३ देखि लिएका नीति तथा रणनीतिहरुको परिणाम स्वरुप हाल नेपालमा आयोडीनको कमीको स्थितिमा निकै सुधार आएको छ । सन् २०१६ मा गरिएको नेपाल नेसनल माइक्रोन्युट्रिन्ट स्टाटस सर्भेक्षणका अनुसार यो कार्यक्रमको सफलताले गर्दा नेपालका ९० प्रतिशत भन्दा बढी घरपरिवारले आयोडीनयुक्त नून खाइरहेका छन् ।
विद्यालय जाने ६ देखि ९ वर्ष उमेर समूहका बालबालिकाहरु, १५ देखि ४९ वर्षका महिलाहरु, तथा १५ देखि ४९ वर्षका गर्भवती महिलाहरुको पिशाबमा निष्काशन हुने आयोडीनको मात्रा कमशः ३१४ माइक्रोग्राम प्रति लिटर, २८६ माइक्रोग्नाम प्रति लिटर र २४१ माइक्रोग्राम प्रति लिटर देखिएको हुनुले पनि यी उमेर समूहका मानिसहरुमा आयोडीनको कमी नभएको देखाएको छ ।
विश्व स्वास्थ्य संगठनले कुनै पनि देशमा आयोडीनको कमीको समस्या छैन भन्नका लागि त्यस देशका जनताको पिशाबमा निष्काशन हुने आयोडीनको मात्राको निर्धारित विन्दु १०० माइक्रोग्राम प्रति लिटर भन्दा बढी हुनपर्ने भनी तोकेको छ भने कम्तिमा ९० प्रतिशत घरपरीवारले उपयुक्त मात्रामा आयोडीन भएको नून ९आयोडीनको मात्रा १५ पि।पि।एम। भन्दा बढी भएको० खाएको हुनुपर्ने भनेको छ । यी तथ्यांकले यी दुवै सूचकमा नेपालले प्रगति गरेको देखाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसालै गरेको नसर्ने रोगको जोखिम कारक हेर्ने स्टेप सर्भेक्षण २०१९ को अनुसार नेपालीहरुले औसत रुपले ९।१ ग्राम नन प्रति व्यक्ति प्रतिदिनका रुपले खाइरहेका छन् । यसरी बढी नून खानाले एकतर्फ नसर्ने रोगको जोखिम बढी रहेको छ भने आयोडीनको मात्रा पनि आवश्यकता भन्दा बढी खाइरहेका छन् ।
नेपाल सरकारले आयोडीनको कमीले हुने विकृतिहरु नियन्त्रणका लागि दुई बालबालिका चिन्ह भएको पाकेटको नूनमा उत्पादनस्थलमा कम्तिमा ५० माइक्रोग्राम आयोडीन प्रति ग्राम खानेनूनमा मिसाउने व्यवस्था मिलाएको छ ।
आयोडीन भएको नून खाने प्रचलनमा कमी आएमा आयोडीनको कमीले हुने विकृति पूनः जनस्वास्थ्यको समस्याको रुपमा देखिन सक्छ । त्यसैले, नेपालमा आयोडीनयुक्त नून खाने व्यवहारमा आएको परिवर्तनलाई दिगो रुपले कायम राख्न जरुरी छ ।
यस वर्ष पनि कोभिड १९ को महामारी के बीचमा पनि सामाजिक दूरी, मास्कको प्रयोग र साबुन पानीले हात धुने अभ्यासलाई कायम राख्दै यो आयोडीनको कमीले हुने विकृतिहरु सम्बन्धी जनचेतना जगाउने महिना “ फेब्रुअरी” मनाइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।