पिन्चेस् आर्टकोरको तेस्रो वर्ष पुरा

पिन्चेस् आर्टकोरको तेस्रो वर्ष पुरा

  • सोमवार, माघ १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौं, १९ माघ–उपत्यकाकै प्रसिद्ध कस्टुमाइज्ड आउटलेट, पिन्चेस् आर्टकोरले आफ्नो स्थापनाको तेस्रो वर्ष सफलतापूर्वक पुरा गरेको छ । पिन्चेस् आर्टकोर फेब्रुअरी १, २०१८ मा बत्तिसपुतलीमा स्थापना भएको थियो र यसले हालै ३ वर्ष पुरा गरेको हो ।
तेस्रो वार्षिकोत्सवको अवसरमा आफ्ना सम्पूर्ण उत्पादनहरुमा १० प्रतिशत छुटका साथै ग्राहकहरुलाई सुशी चाख्ने अवसर प्रदान गरेको थियो ।
पिन्चेस् आर्टकोरले ग्राहकहरुलाई विभिन्न कस्टुमाइज्ड उत्पादनहरु जस्तै कुसन, कीरिङ कोस्टर, ब्राइड रोब, मग, ट्यूम्बलर, मोबाइल कभर, मोबाइलग्रीप, नोटबुक, स्यास्, क्याउन नेम स्ट्यान्डी, बक्स केरिङ। बक्स लकेट, माउस प्याड, फोटो प्रप्, बुकमार्क लगायतमा इच्छा अनुसारको आर्ट गरेर बिक्री वितरण गर्दै आइरहेको छ ।
पिन्चेस् आर्टकोर प्रा.लि.को फाउण्डर तथा सीईओ सुश्री श्रेया जोशीले भनिन्, “हामी स्थापनाको तेस्रो वर्ष पुरा गर्न पाउँदा अत्यन्तै खुसी छौं र अझै अगाडि बढ्नुछ । छोटो समयमै हामीलाई सफलता हासिल गर्न सहयोग पु¥याउनु हुने सम्पूर्ण ग्राहकहरुमा म आभार प्रकट गर्न चाहान्छु । हामी छिट्टै देशभरका मुख्यशहरहरुमा सेवा विस्तार गर्ने योजनामा छौं । ग्राहकहरुको साथले गर्दा हामी देशभरका ग्राहकहरुलाई सेवा पु¥याउन पाउँदा हामी अत्यन्तै प्रसन्न छौं ।”
पिन्चेस् आर्टकोरले सन् २०१८, फेब्रअरी १ तारिखबाट बत्तिसपुतलीमा आउटलेट खोलेर ग्राहकहरुलाई सेवा पु¥याउदै आइरहेको छ ।

त्यसभन्दा पहिला यस आर्टकोरकी संचालिका श्रेया जोशी स्वतन्त्र कलाकार हुन र उनले अर्डर अनुसार वाल आर्ट र ह्यान्ड पेन्टेड टिसर्ट बनाउने गरेकी थिइन् । पिन्चेस् आर्टकोर युवा माझ नवीनतम डिजाइन र पर्सनलाइज्ड टचका लागि प्रसिद्ध छ । ग्राहकहरुले आफ्नो प्रियजनको नाम लेखेर, फोटो राखेर वा अन्य कुनै तस्वीरहरु उच्च गुणस्तरीय कुसनको कभरमा भित्र आरामदायी सिरानी राखेर आफ्नै घरमा अर्डर गर्न सक्छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ