हिजो ओरालो लागेको नेप्से फेरी उकालो लाग्यो, पुनः २४ सय अंकमाथि

हिजो ओरालो लागेको नेप्से फेरी उकालो लाग्यो, पुनः २४ सय अंकमाथि

  • सोमवार, माघ १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक ३७.७० अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक दुई हजार ४०८.२४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.९५ अङ्कले बढेर ४३७.२८ मा पुगेको छ । स्टकका अनुसार २०३ कम्पनीका एक करोड ३३ लाख ११ हजार ९४२ कित्ता शेयर रु छ अर्ब ९७ करोड २९ लाख ३६ हजार ५२९ मा खरिद बिक्री भए । आजको कारोबारपछि कूल बजार पूँजीकरण रु ३२ खर्ब ४३ अर्ब ७८ करोड ७५ लाख ४० हजार बराबर पुगेको छ । कारोबार भएका कूल १२ मध्ये दुई उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ २०.०४, व्यापार ४९.४९, होटल १७५.०६, विकास बैंक ५३.३२, जलविद्युत् ३३.६, वित्त ३९.५५, निर्जीवन बीमा १२४.६६, उत्पादन १२०.३७, अन्य ५४.०८ र जीवन बीमा ३७९.११ अङ्कले बढ्दा लघुवित्त २७.८१ अङ्कले घटेको छ । सामूहिक लगानी कोषको एकाइ भने तटस्थ देखिएको छ ।

कारोबार रकमका आधारमा पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु ५८ करोड ३३ लाख ७७ हजार ९२३ मा खरिद बिक्री भयो । यस्तै नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रु २९ करोड ९९ लाख आठ हजार २९७, नेपाल लाइफ इन्स्योरेन्स रु २७ करोड ३८ लाख ५५ हजार ४०१, सेन्चुरी कमर्सियल बैंक रु २६ करोड ९८ लाख ८७ हजार ४०, शिखर इन्स्योरेन्स रु २० करोड ६४ लाख पाँच हजार ७७९ र एनआइसी एसिया बैंकको शेयर रु १७ करोड ७५ लाख ५९ हजार ८० मा खरिद बिक्री भयो । आज सेन्चुरी कमर्सियल बैंक र प्रोगेसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक १०-१० प्रतिशतले कमाए ।

यस्तै पोखरा फाइनान्स ९.९६, प्रभु लाइफ इन्स्योरेन्स ९.९५, माउन्टेन इनर्जी नेपाल ९.९१, सोल्टी होटल लिमिटेड ९.९० र तारागाउँ रिजेन्सी होटल लिमिटेडका शेयरधनीले ९.८५ प्रतिशतले कमाए । कालिका माइक्रोक्रेडिट डेभलपमेन्टका शेयरधनीले ७.२७ प्रतिशतले गुमाए । यस्तै गुराँस लघुवित्त वित्तीय संस्था ५.६०, सारथी नेपाल लघुवित्त वित्तीय संस्था ४.४५, सामुदायिक लघुवित्त वित्तीय संस्था ३.८६, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक ३.४८ र स्वरोजगार लघुवित्त विकास बैंकका लगानीकर्ताले ३.४० प्रतिशतले गुमाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ