माघ १९ काठमाण्डौं । नेपालमा कोरोना संक्रमण र मृत्युदर घट्दै गएको छ । आज २४ घण्टामा देशभर कुनै पनि नागरिकको कोरोनाका कारण ज्यान गएन ।
आज ४ हजार १४५ जनामा गरिएको पिसिआर परीक्षणमा संक्रमित पनि १५९ जना मात्र थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ११८ पुगेको छ ।
यस्तै आज २६४ संक्रमित कोरोना जीतेर घर फर्किएका छन् । यो सँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६६ हजार ६०० पुगेको छ ।
कोरोनाबाट संक्रमण मुक्त हुने दर ९८.३ प्रतिशत रहेको छ ।
कोरोनाबाट हाल सम्म २ हजार २९ जना पुगेको छ ।
अब सक्रिय संक्रमितको संख्या २४ सय ८९ जना रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline