न्यायधीश मल्लले सोधिन्, प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार कहाँबाट आयो ?

न्यायधीश मल्लले सोधिन्, प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार कहाँबाट आयो ?

  • सोमवार, माघ १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.1K
    SHARES

माघ १९ काठमाण्डौं । संसद विघटन बिरुद्ध परेको रिटमा सर्वोच्चमा सुनुवाई जारी छ । निवेदकहरुका तर्फबाट बहस सकिए पछि आजबाट सरकारी वकिलहरुले प्रतिरक्षामा बहस गरीरहेका छन् । आज शुरुमै महान्यायधीबक्ता अग्नी खरेलले बहस गरेका छन् । उनले बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने जिकिर गरे ।
वर्तमान सरकारले पाँच वर्षको कार्यकाल पूरा गर्न पाउनु अधिकार भए पनि त्यसो गर्न नदिईए पछि संसद विघटन भएको उनले दाबी गरे ।
खरेलले अन्य देशमा पनि रहेको प्रचलन अनुसार नै संसद विघटन भएको बताए ।
यसै बीचमा उनलाई न्यायधीश सपना प्रधान मल्लले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार कहाँबाट आयो भनेर सोधेकी छन् ।
प्रधानमन्त्रीलाई संविधानको धारा ७६ को ७ प्रयोग गर्ने अधिकार कहाँबाट आयोु भनेर सोधेकी हुन्।

यसै गरी मल्लले प्रतिनिधि विघटन गर्ने अवस्था थियो कि थिएन ? प्रधानमन्त्रीले संसद फेस गर्न पर्ने कि नपर्ने ? भनेर सोधेकी थिईन् ।
त्यसै गरी अर्का न्यायधीश अनील सिन्हाले वर्तमान सरकार संविधानको धारा ७६ को १ अनुसारको बहुमतको वा ७६ को २ अनुसार दुई दल मिलेर बनेको सरकार भन्ने जिज्ञासा राखेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ