महालक्ष्मी लाईफ ईन्स्योरेन्सद्धारा नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम सम्पन्न

महालक्ष्मी लाईफ ईन्स्योरेन्सद्धारा नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम सम्पन्न

  • आइतवार, माघ १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम पोखरामा सम्पन्न भएको छ । माघ १६ र १७ गते सम्पन्न उक्त कार्यक्रममा मेची देखी महाकाली सम्मका शाखार उपशाखामा कार्यरत सक्रिय १८५ जना अभिकर्ताहरुको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा व्यवसायिक लक्ष्य हासिल गर्न र सफल अभिकर्ता कसरी भइन्छ भन्ने बारेमा कम्पनीका प्रमखु कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले प्रेरणामुलक तालिम प्रदान गरेका थिए ।
कार्यक्रममा मार्केटिङ प्रमुख प्रशान्तराज धमलाले स्वागत मन्तव्य र नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा सहभागि अभिकर्ताको तर्फबाट बासुदेव त्रिपाठी, विमल सापकोटा ज्ञवाली, सरस्वती पन्थी, कुमार बहादुर कार्कीले मन्तव्य राखेका थिए ।

कार्यक्रममा नियो डिजिटल प्रा.लि. ले अभिकर्ताको लागि अत्यन्त उपयोगि सिआरएम सफ्टवेयरको डेमो प्रस्तुत गरेको थियो । कार्यक्रमको उद्घोषण एजेन्सी तथा तालिम विभागका प्रमुख सिताराम धिमालले गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ