नमोबुद्ध १० को वडा कार्यालय भवन निर्माण सुरु

नमोबुद्ध १० को वडा कार्यालय भवन निर्माण सुरु

  • आइतवार, माघ १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

दाप्चा–नमोबुद्ध नगरपालिका वडा नं. १० को वडा कार्यालय भवन निर्माण सुरु भएको छ । आइतबार नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले कार्यालय भवन निर्माणको शिलान्यास गरेसँगै भवन निर्माण सुरु भएको हो ।
कार्यालय भवन शिलान्यास कार्यक्रममा उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडा नं. १० का अध्यक्ष रामकृष्ण अधिकारी, वडा नं. ९ का अध्यक्ष मेलवहादुर लामा, ११ का वडा अध्यक्ष कृष्णवहादुर तामाङ लगायतको सहभागिता रहेको थियो । नमोबुद्ध नगरपालिकाले सबै वडामा सुविधासम्पन्न कार्यालय भवन निर्माणको योजनाअनुसार वडा नं. १० को भवन निर्माण सुरु भएको हो ।
उक्त भवन निर्माणका लागि युनिक बिल्डर्स नमोबुद्ध ८ सँग भ्याटबाहेक ४३ लाख २६ हजार ९ सय ७० रुपैयाँमा ठेक्का सम्झौता भएको छ । आगामी असार मसान्तभित्र कार्यालय भवन निर्माण सम्पन्न हुने वडाअध्यक्ष रामकृष्ण अधिकारीले जानकारी दिएका छन् ।
कार्यालय भवन शिलान्याससँगै नगर प्रमुख तिमल्सिनाले तोकिएको समयमै निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् ।
वडा कार्यालय भवन निर्माणका लागि नमोबुद्ध १० का सामाजिक व्यक्तित्व रामकृष्ण श्रेष्ठले १० आना जग्गा निःशुल्क प्रदान गरेका छन् । वडा कार्यालय शिलान्यासकै अवसर पारेर वडा अध्यक्ष अधिकारीले स्थानीय मुटु रोगी नविन उदासलाई १५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोगसमेत गरेका थिए् । सामाजिक सेवामा सक्रिय वडा अध्यक्ष अधिकारीले उदासको उपचारमा थोरै भए पनि मद्दत पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको बताए । सहयोग रकम नगर प्रमुख तिमल्सिनाले हस्तान्तरण गरेका थिए ।
नमोबुद्ध नगरपालिकाले सबै वडा कार्यालयको पक्की र सुविधासम्पन्न भवन निर्माणको योजनाअनुसार यो आर्थिक बर्षमा ५ वटा वडा कार्यालय भवनको निर्माण गर्दैछ । यो बर्ष वडा नं. १० सहित वडा नं. २, ७, ८ र ९ को कार्यालय भवन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । यसअघि निर्माण थालिएका वडा नं. ३, ६ र ११ का वडा कार्यालय भवनको निर्माण अन्तिम चरणमा पुगिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ