पेट्रोल पम्प सञ्चालकको कमिसन बढाउने सहमति

पेट्रोल पम्प सञ्चालकको कमिसन बढाउने सहमति

  • आइतवार, माघ १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

माघ १८ काठमाडौँ । आफूहरुको कमिसन नबढाए आजबाट तेल नउठाउने र बिक्री नगर्ने पम्प सञ्चालकहरुको चेतावनी पछि हिजो भएको वार्तामा पेट्रोल पम्प सञ्चालकहरुको कमिसन बढाउने सहमति भएको छ । निगमले यो सहमति गरेको हे । सञ्चालकहरुले आजबाट थानकोट डिपोबाट तेल नउठाउने चेतावनी दिए पछि सहमति भएको हो । माघ १२ मा पम्प सञ्चालकहरुले यस्तो धम्की दिएका थिए ।

निगम र व्यवसायीबीच भएको सहमति अनुसार पेट्रोलमा ०.३९५ र डिजेलमा ०.४७ प्रतिशत कमिसन बढाउने निर्णय भएको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए । ‘निगम सञ्चालक समितिको निर्णयअनुसार निगमका बिक्रेताहरूले साविकमा पाइरहेको पेट्रोलको कमिसन ३ प्रतिशत र डिजेलको २.६५ प्रतिशतमा क्रमशस् ०.३९५ र .प्रतिशत बढाउने निर्णय भएको छ ।’
मुलुकभर दैनिक करिब ४८ लाख लिटर डिजेल र १५ लाख लिटर पेट्रोल बिक्री हुन्छ । कमिसन वृद्धिले डिजेलमा २२ लाख ५६ हजार र पेट्रोलमा ६ लाख ५१ हजार रुपैयाँ थप कमिसन पम्पले पाउँने छन् ।
’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ