प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मीलाई, एपीएफ उपविजेतामा सीमित

प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मीलाई, एपीएफ उपविजेतामा सीमित

  • शनिबार, माघ १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

१७ माघ काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आर्मीले फाइनलमा अर्को विभागीय टिम एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जित्न सफल भएको हो ।

कीर्तिपुर स्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आर्मीले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएकोे एपीएफ ४१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७८ रनमा समेटियो । एपीएफका लागि आसिफ शेखले ६१ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीको हार टार्न सकेनन् । उनले ७१ बलमा ६१ रन जोड्दै खराब सुरुवात गरेको एपीएफको इनिङ्स उकासेका थिए ।

यस्तै शंकर रानाले २१ रन जोड्दा सुमित महर्जनले १९ रन बनाए । सन्दीप जोराले २९ र सुवास खकुरेलले १४ रन बनाउँदा कप्तान शरद भेषवाकर शून्य रनमा आउट भए । आर्मीका जितेन्द्र मुखिया, बिक्रम सोब र शाहब आलमले ३÷३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभर ९ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । आर्मीका लागि हरी चौहानले सर्वाधिक ५८ रनको अर्धशतकीय इनिङ्स खेले । राजेश पुलामीले २८ रन बनाउदा लोकेश बमले १५ रन बनाए । यस्तै शाहब आलम २५ रन जोड्दै अविजित रहे । एपीएफका अविनास बोहोराले ४ विकेट लिए । किशोर महतोले २, कमल ऐरी, शरद भेषवाकर र भुवन कार्कीले १÷१ विकेट लिए ।

उपाधि जितेको आर्मीले नगद १० लाख र उपविजेता एपीएफले ५ लाख प्राप्त गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ