माघ १६, काठमाण्डौं । नेपालको नदीनाला र विद्युत आयोजनाहरुमाथि विभिन्न विवाद रहीरहेका बेला सरकारले रातारात बैठक बसेर तल्लो अरुण परियोजना पनि भारतलाई दिएको छ ।
९ सय मेगावाटको अरुण तेस्रो परियोजनामा काम गरीरहेको भारतीय सरकारी कम्पनी सतलजलाई नै अरुण तल्लो परियोजना पनि दिर्ने निर्णय भएको लगानी बोर्डले विज्ञप्ति जारी गरी जनाएको छ ।
यो परियोजना संखुवासभा र भोजपुरका बीचमा बन्ने छ । तल्लो अरुण ६ सय ७९ मेगावाट क्षमतामा निर्माण गर्न सकिन्छ । ब्राजिली कम्पनी ब्रास पावरले उत्पादन अनुमति पत्रमा राखिएको सर्तअनुसार काम नगरेपछि यो आयोजना विद्युत् विकास विभागले नै अध्ययन गरिरहेको छ ।
चीनीया, जापानी र भारतीय तीन वटा कम्पनीलाई प्रस्ताव आव्हान गरिए पनि भारतीय कम्पनीलाई सरकारले गएराति बसेको बोर्डको बैठक मार्फत छनौट गरेको हो ।
के आधारमा र के शर्तमा यो परियोजना दिईएको हो त्यो बोर्डको विज्ञप्तिमा उल्लेख छैन ।
