माघ १६ काठमाण्डौं । प्रहरीले २५ ग्राम भन्दा बढी खैरो हेरोईन र २३ लाख ४० हजार नगद सहित एक जनालाई काठमाण्डौंबाट नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धादिङ खनिवाबास गाँउपालिका वडा नं ४ का मनिष भन्ने ३१ बर्षीया दुर्गा सिंह तामाङ रहेका छन् । उनलाई खैरो हेरोईनको कारोबार भईरहेको भन्ने सुचनाका आधारमा काठमाण्डौं टोखाबाट निन्त्रणमा लिएको लागू औषध नियन्त्रण ब्युरोले जनाएको छ ।
उनको साथबाट २५.२ ग्राम खैरो हेरोईन,२३ लाख ४० हजार नगद, लागू औषध तौल गर्ने मेसिन र उनले प्रयोग गर्ने मोटरसाईकल समेत नियन्त्रणमा लिएको ब्युरोले जनाएको छ ।
माघ १३ गते नियन्त्रणमा लिईएका तामाङलाई आज सार्वजनिक गरिएको हो ।
तामाङलाई हिरासतमा राखेर थप अनुसन्धान भईरहेको ब्युरोले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline