माघ १६ विराटनगर । नेकपा प्रचण्ड माधव समुहले संसद विघटनका बिरुद्ध आज बिराटनगरमा शक्ति प्रदर्शन गरीरहेको छ । प्रदेश १ भरीका विभिन्न जिल्लाबाट कार्यकर्ताहरु भेला पारेर प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा समुहका अध्यक्ष प्रचण्ड, माधव कुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल उपस्थित छन् ।
जनआन्दोलन चोकमा हजारौ कार्यकर्ताहरु सहभागी छन् । सभा शुरु हुनु अघि विभिन्न स्थानबाट र्याली निकालिएको थियो ।
यो समुहले संसद विघटनको बिरुद्ध देशभर प्रदर्शन गर्दे आएको छ । आगामी माघ २८ गते पनि राजधानीमा शक्ति प्रदर्शनको तयारी गरिएको छ ।


यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline