मारुती सिमेन्ट: अकबरी सुनलाई कसी लगाउनु पर्दैन !

मारुती सिमेन्ट: अकबरी सुनलाई कसी लगाउनु पर्दैन !

  • शुक्रबार, माघ १६, २०७७
  • -राजु श्रेष्ठ, ब्रान्ड/मार्केटिङ प्रमुख,मारुती सिमेन्ट

  • 31.4K
    SHARES

मारुती सिमेन्ट आज भन्दा एक दशक अगाडी नै नेपाली सिमेन्ट जगतमा एउटा महानायकको भूमिका निर्वाह गर्दै निजीस्तरको पहिलो तथा सबैभन्दा ठूलो सिमेन्ट उत्पादन गर्ने स्वदेशी उद्योगको रुपमा स्थापना भएको हो । जुन बेला कुनै पनि निजी कम्पनीहरुले नेपालमै, आफ्नै देशको खानीबाट अन्तर्राष्ट्रिय स्तरको सिमेन्ट उद्योग संचालन गर्न त के, सोच्ने आँट सम्म पनि गरेका थिएनन् । बिदेशी सिमेन्टको दबदबा रहेको त्यो अवस्थामा नेपालले आफ्नो अनेकौं पूर्वाधारका संरचनाहरु निर्माण गर्ने कार्यमा लाखौं–करोडौं रुपैया विदेश पठाउन बाध्य थियो, त्यस्तो व्यापार घाटाको अवस्थामा आफनै देशको खानी उत्खनन् गरि आफ्नै श्रोत र साधनको उपयोग गरेर राष्ट्रलाई विकासको बाटोमा डोर्याउने महान सोंच र कार्यको संकल्प गर्दै एउटा नयाँ युगको शुरुवात गर्ने हिम्मत नेपाली सिमेन्ट कम्पनी मारुती सिमेन्टले गर्यो । मारुती सिमेन्टले एउटा उदाहरण एवम् मार्गदर्शक बनेर समग्र नेपाली सिमेन्ट उद्योगलाई डोर्याउदै आजको यो आत्मनिर्भरताको दिनसम्म ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्यो जसले गर्दा छोटो अवधिमानै राष्ट्रको गौरवशाली उद्योगको रुपमा परिचित गराउन सफल भयो । मारुतीले आफ्नो उत्पादनको सुरुआति दिन देखिनै सिमेन्टको गुणस्तरमा कहिल्यै ह्रास आउन दिएन बरु दिनानुदिन अझ गुणस्तर निखार्दै र कमि कमजोरीहरुलाई सुधार्दै नेपालको नं १ ब्राण्ड (Nepal’s No.1) को रुपमा स्थापित भयो र विदेशी सिमेन्टहरुलाई प्रतिस्थापन गराउन महत्वपूर्ण भूमिका निर्बाह गर्न सफल भयो ।

“आफ्नै देशको खानी उत्खनन् गरि आफ्नै श्रोत र साधनको उपयोग गरेर राष्ट्रलाई विकासको बाटोमा डोर्याउने महान सोंच र कार्यको संकल्प गर्दै एउटा नयाँ युगको शुरुवात गर्ने हिम्मत नेपाली सिमेन्ट कम्पनी मारुती सिमेन्टले एक दशक भन्दा अगाडि नै गर्यो”

मारुती सिमेन्ट आजपनि उत्तिकै गुणस्तरीय, विश्वासिलो र भरपर्दो उत्पादन गर्दै दैनिक ३००० मेट्रिक टन सम्म उत्पादन गर्ने क्षमता राख्दछ । यो सिमेन्टको प्रयोग देशका महत्वपूर्ण आधारस्तम्भहरु अनि ठूला–ठूला परियोजनाहरु तथा गौरवशाली आयोजनाहरु लगायत विशाल पूल, बाँध, हाईड्रोपावर, धावनमार्ग देखि हाउजीङ्ग कम्पनीहरुमा पहिलो रोजाइमा पर्दै उपयोग हुँदै आएको छ । अब आउने दिनमा सिमेन्टको दायरा फराकिलो बनाउँदै नेपाल सरकारले बलियो तथा मजबुत सडक निर्माणहरुमा पनि प्रयोगमा ल्याउन सक्ने जनाएको छ जसले गर्दा अब नेपाली सिमेन्ट उद्योगलाई अझ बढी गुणस्तरिय उत्पादन गर्ने चुनौती थपिएको छ र मारुती सिमेन्ट यो चुनौती सामना गर्न सक्षम पनि छ । मारुती सिमेन्टको यो आत्मविश्वासको श्रेय केवल आफ्नो गुणस्तरीय उत्पादनमा सक्रिय दक्ष प्राविधिकहरु अनि अनुभवी इन्जिनियरहरु र ठूला–ठूला कन्ट्रयाक्टरको विश्वास, भरोसा नै हो जसले गर्दा आज आम–उपभोक्ता महानुभावहरु एवम् हरेक जनमानसको मन मस्तिस्कमा दरिलो जग बनाएर बस्न सफल भएको छ ।
मारुती सिमेन्टले जहिलेपनि आफ्नो ब्राण्डको गुणस्तरलाई मध्यनजर गर्दै तथा आम–उपभोक्ताहरुको राय सुझावलाई आत्मसात गरि उच्च मनोवलका साथ उत्कृष्ट उत्पादन गरिरहेको छ जसले गर्दा आजको यो दिनसम्म हरकोणबाट अब्बल सावित हुँदै “अकवरी सुनलाई कसी लगाउनु पर्दैन” भन्ने भनाईलाई चरितार्थ गरेको छ ।

मारुती सिमेन्ट किन उत्कृष्ट छ र अरु भन्दा किन फरक छ ?
चुन–ढुङ्गा:
उत्कृष्ट अर्थात उच्च–गुणस्तरीय सिमेन्टको लागि सबैभन्दा महत्वपूर्ण तत्व भनेको चुनढुङ्गा नै हो । नेपालको पुर्वीक्षेत्रमा पाइने चुनढुङ्गा सिमेन्टको लागि अत्यन्तै उत्कृष्ट मानिएको छ किनकि यहाँको चुन–ढुङ्गामा म्याग्नेसियम अक्साईडको (MgO) मात्रा अरु क्षेत्रको भन्दा निकै कम छ त्यसैले मारुती सिमेन्टले प्रयोग गर्ने उदयपुर–सिन्धुली पहाडी रेन्जको चुनढुङ्गा खानी अन्य सिमेन्टको तुलनामा उत्कृष्ट छ । नेपाल गुणस्तर विभागले OPC सिमेन्टमा MgO को मात्रा ५% वा त्यो भन्दा कम लाई उत्कृष्ट मापदण्डमा राखेको छ । मारुती सिमेन्टले आफ्नो क्लिंकरमा MgO को मात्रा ३% भन्दा कम maintain गर्दै आएको छ भने अन्य सिमेन्टहरुमा तोकिएको मापदण्ड भन्दापनि बढीको हाराहारीमा हुने गरेको पाइएको छ । त्यसैले मारुती सिमेन्ट अन्य सिमेन्टहरुको तुलनामा सर्बोत्कृष्ट साबित भएको छ ।
गुणस्तर:
पूर्वाञ्चलको उदयपुर–सिन्धुली पहाडी रेन्जमा रहेको आफ्नै चुन–ढुङ्गा खानीबाट अत्याधुनिक रोटरी टेक्नोलोजीद्वारा सर्बोत्कृष्ट ओपिसी सिमेन्ट मारुती सिमेन्ट उत्पादन भैरहेको छ । मारुती सिमेन्टले आफ्नो गुणस्तरलाई अझ निखार्दै क्लिंकर र OPC सिमेन्ट उत्पादन तथा विक्री वितरणका लागि अन्तर्राष्ट्रिय स्तरको मापदण्ड NS/ISO 9001 : 2015 र क्लिंकर तथा OPC सिमेन्ट ग्राइन्डीङ्ग र प्याकिंगका लागि NS/ISO 1500 : 2015 द्वारा सम्मानित नेपालकै पहिलो सिमेन्ट कम्पनी बन्न सफल भएको हो साथै मारुती सिमेन्टले एक अर्को उत्कृस्ट गुणस्तरको सिंढी पारगर्ने क्रममा १ कदम अघि बढ्दै NS QUALITY AWARED _ 2019 को लागि प्रसंशित सम्मान (Appreciation Leter) द्वारा पनि सम्मानित भएको छ । तसर्थ मारुती सिमेन्ट अरु सिमेन्टको तुलनामा सवैभन्दा उत्कृस्ट छ ।
एकनासको भारवहन क्षमता (Strength Consistency) :
मारुती सिमेन्टले OPC मात्र त्यसमा पनि ५३ ग्रेड (ग्रेड उल्लेख गर्न नमिल्ने) सिमेन्ट उत्पादन गर्ने भएकोले यसको गुणस्तर तथा भारवहन क्षमता एकनासको (Strength Consistency) हुने गरेको छ जसले गर्दा ठूला–ठूला परियोजनाहरुमा Concrete Strength Calculation र Concrete Mixing मा एकरुपता ल्याउन महत्वपूर्ण काम गर्दछ । त्यसैले ठूला–ठूला परियोजनाहरु तथा मजबुत निर्माण कार्यहरुकालागि मारुती सिमेन्ट, धेरै अनुभवी इन्जिनियरहरु तथा ठूला कन्ट्रयाक्टरहरुको पहिलो रोजाइमा पर्ने गरको छ त्यसैले यो अरु सिमेन्ट भन्दा फरक र उत्कृष्ट छ ।
मूल्य:
मारुती सिमेन्टको मूल्य समय सापेक्ष, बैज्ञानिक तथा बजार सुहाँउदो अनि गुणस्तर अनुसार उपयुक्त छ । नेपालमा सिमेन्टको उत्पादन गर्दा ग्रेड उल्लेख गर्न नपाए पनि यहाँ ४३ ग्रेड र ५३ ग्र्रेडको OPC सिमेन्टहरु उत्पादन गर्दै एउटै बजार मूल्यमा बिक्रि–वितरण हुँदै आएको छ तर मारुती सिमेन्टले ५३ ग्रेडको OPC सिमेन्ट मात्र उत्पादन गरेपनि बजारका विभिन्न कम ग्रेडकै सिमेन्टको मूल्य अनुसार विक्री वितरण गर्ने गरेको छ साथै अन्य सिमेन्टको तुलनामा मारुती सिमेन्टले उत्पादन लागत खर्च कम गर्न अनावश्यक विज्ञापन, कमिशन खर्च आदि इत्यादी अत्यन्त न्यून मात्र गर्ने भएकोले र यसको उत्कृष्ट Quality maintain मा विशेष ध्यान दिने कारणले पनि यसको मूल्य अरु सिमेन्टको तुलनामा एकदमै बजार अनुकुल र समय सापेक्ष रहेको छ ।

                                          मारुती सिमेन्टको उद्योग ।

यसर्थ, मारुती सिमेन्टले यी विभिन्न फरक गुणहरुयुक्त उत्कृष्ट र गुणस्तरिय OPC सिमेन्ट उत्पादन गर्दै नेपालकै सर्वाधिक विश्वसनीय ब्राण्डको रुपमा स्थापित भएको छ । यसको मुख्य श्रेय सम्पूर्ण उपभोक्ता महानुभावहरु, शुभचिन्तकहरु तथा मारुती सिमेन्टसँग आवद्ध सम्पूर्ण सहकर्मीहरुलाई दिन चाहन्छौं साथै कम्पनीको तर्फबाट आभार व्यक्त पनि गर्दछौं कि आगामी दिनहरुमा पनि अझ दरिलो विश्वासको साथ आफ्नो गुणस्तरमा एकरुपता कायम राख्दै र अझ निखर्दै समृद्ध नेपाल बनाउने कार्यदिशामा सदैव अग्रसर रहिरहने प्रतिबद्धता जाहेर गर्दछौं ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी