नेपाल इन्फ्राष्ट्रक्चर बैंकको शेयर बाँडफाँडे सबैले पाए ५० कित्ता, ५ लाखले पाए ६० कित्ता

नेपाल इन्फ्राष्ट्रक्चर बैंकको शेयर बाँडफाँडे सबैले पाए ५० कित्ता, ५ लाखले पाए ६० कित्ता

  • शुक्रबार, माघ १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं माघ १६ । नेपाल इन्फ्राष्ट्रक्चर बैंकको प्राथमिक शेयर शुक्रवार बाँडफाँड भएको छ। ५० कित्तासम्मको आवेदन दिने सबैले शेयर प्राप्त गरेका छन्। ५० कित्ता भन्दा धेरैको लागि आवेदन दिने मध्ये ४ लाख ९२ हजार ७२ जनाले थप १० कित्ता प्राप्त गरेको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइविएल एस क्यापिटलले जनाएको छ। सर्वसाधारणले अधिकतम ६० कित्तासम्म शेयर प्राप्त गरेका हुन्।

क्यापिटलका अनुसार १० कित्ताको लागि मात्रै आवेदन दिने ३४ हजार ३० जना, २० कित्ताको लागि मात्रै आवेदन दिने २९ हजार ८५४ जना, ३० कित्ताको लागि मात्रै आवदेन दिने २० हजार २४८ जना, ४० कित्ताको लागि मात्रै आवदेन दिने १६ हजार ९३४ जना थिए। उनिहरु सबैले माग बराबरकै शेयर प्राप्त गरेका हुन्।

बैंकले सर्वसाधारण समुह तर्फको ८ करोड कित्ता प्राथमिक शेयर मध्ये कर्मचारीले एक लाख ६० हजार कित्ता र म्युचुअल फण्डहरुले ४० लाख कित्ता खरिद गरेका छन्। बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि बिक्री गरिएको छ।

बैंकले माघ २ गतेदेखि ६ गतेसम्म सार्वजनिक निष्काशन गरेको थियो। प्राथमिक शेयरमा १४ लाख ८१ हजारले आवदेन दिएका थिए। जस मध्ये ६ हजार २७५ जनाको आवेदन अयोग्य भएको छ। योग्य आवेदक १४ लाख ७५ हजार ८ जनाले नै शेयर प्राप्त गरेका छन्। बैंकको प्राथमिक शेयरमा माग भन्दा २।२१ गुणा बढि आवेदन परेको थियो।

पुर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यले यो बैंकको स्थापना भएको हो। नेपाल सरकार तथा ठुला व्यवसायीहरुको प्रमुख लगानी भएको यस बैंककमा सर्वसाधारणको पनि ८ अर्ब रुपैयाँ लगानी थपिएको छ। प्राथमिक शेयर निष्काशन पछि बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुगेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ