माघ १५ वुटवल । नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीमा निरंकुश भावना पलाएको भन्दै चुट्कीका भरमा केही महिनामा ध्वस्त पार्ने चेतावनी दिएका छन् ।
सो समुहले वुटवलमा आज आयोजना गरेको बिरोभ सभामा बोल्दै अध्यक्ष प्रचण्डले निरंकुश राजालाई पनि जनताले जंगल पठाएको भन्दै अब ओलीको पालो आएको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको श्री ३ बन्ने चाहनाविरुद्ध आफूहरु आन्दोलित बनेको उनले बताए । पार्टी एकता बचाउन र देशलाई समृद्धिको दिशामा लान आफूले आधा कार्यकालका लागि गरेको सहमति पनि छाडेको भन्दै ओलमिा तीन वर्षमै श्री तीन बन्ने चाहना पलाएको जिकिर गरे ।
उनले अब ओलीको स्वेच्छाचारीको अन्त्य भएर जनताको जीत हुने दिन आएको पनि ठोकुवा गरे ।
अब छिट्टै नयाँ सरकार लिएर जनतामाझ आउने भन्दै उनले बाँकी दुई वर्ष त्यही सरकारले जनताको समृद्धिको चाहना पूरा गर्न काम गर्ने पनि दाबी गरे ।