माघ १५, काठमाडौं । चालू आवको दोस्रो त्रैमासमा माछापुच्छ्रे बैंकको वितरणयोग्य नाफा रू. ४५ करोड २२ लाख ५२ हजार रहेको बैंकको वित्तिय विवरणले देखाएको छ ।
बैंकले चालू आवको दोस्रो त्रैमासमा रू. ८० करोड २७ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा २ प्रतिशतले कमि आएको हो ।
कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. ८२ करोड १८ लाख नाफा कमाएको थियो । कम्पनीको चुक्तापूँजी रू.९ अर्ब ५ करोड ३० लाख रहेको छ । जगेडा कोष रू.२ अर्ब ४६ करोड २१ लख रहेको उक्त कम्पनीले रिटेन्ड अर्निङमा रू. ५५ करोड ३८ लाख ३७ हजार र शेयर प्रिमियममा रू. ३ करोड ८ लाख ८१ हजार सञ्तिचत गरेको छ ।
चालू आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १७ दशमलव ७३ रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline