नेपालमा बढ्यो भ्रष्टाचार , भ्रष्ट मुलुकको सूचीमा ११७ स्थानमा

नेपालमा बढ्यो भ्रष्टाचार , भ्रष्ट मुलुकको सूचीमा ११७ स्थानमा

  • बिहिबार, माघ १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

माघ १५ काठमाण्डौं । नेपालमा बढ्दो राजनीतिक अस्थीरतासँगै भ्रष्टाचार पनि बढेको छ । भ्रष्टाचारको अवधारणा सूचकांक (सीपीआई) सार्वजनिक गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनले बिहीबार सार्वजनिक गरेको सूचकांकअनुसार नेपाल १०० मा ३३ अंकसहित गत वर्षभन्दा ४ स्थान तल झरेको छ।

गत वर्ष ३४ अंकसहित ११३ औं स्थानमा रहेको नेपाल यो वर्ष ३३ अंक पाएर ११७औं स्थानमा पुगेको हो। ट्रान्सपरेन्सी इन्टरनेसनले १८० देशमा गरेको सर्वेक्षणमा नेपाल ११७ औं स्थानमा परेको हो।

ट्रान्सपरेन्सी इन्टरनेसनलको सूचकांकअनुसार डेनमार्क ८८ अंकसहित सुशासन कायम राख्ने मुुलुकहरुमध्ये पहिलो स्थानमा छ। यस्तै, न्युजिल्यान्ड पनि ८८ अंकसहित पहिलो स्थानमा नै रहेको छ। साउथ सुडान र सोमालिया भने १२ अंक प्राप्त गरेर सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएका छन्।

दक्षिण एसियाली मुलुकमा भारत ४० अंकसहित ८६औं स्थानमा रहेको छ। यस्तै, भुटान ६८ अंकसहित २४औं स्थानमा रहन सफल भएको छ। यसैगरी मालदिभ्स ४३ अंकसहित ७५औं, ३८ अंकसहित श्रीलंका ९४औं, २६ अंकसहित बंगलादेश १४६औं र १९ अंकसहित अफगानिस्तान १६५औं स्थानमा रहेको छ।

ट्रान्सपरेन्सी इन्टरनेसनको सुचकांकमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्टाचार रहेको जनाउँछ।

ट्रान्सपरेन्सी इन्टरनेसनले सन् १९९५ देखि प्रत्यक वर्ष भ्रष्टाचार अवधारण सूचकांक सार्वजनिक गर्दै आएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ