ओलीले संसद विघटनबाट मोक्ष प्राप्त गर्न सक्दैनन् : अधिवक्ता गोविन्द वन्दीको धारणा

ओलीले संसद विघटनबाट मोक्ष प्राप्त गर्न सक्दैनन् : अधिवक्ता गोविन्द वन्दीको धारणा

  • बिहिबार, माघ १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौँ माघ १५ । सर्वोच्चमा जारी संसद विघटनको बहसमा भाग लिदै अधिवक्ता गोविन्द बन्दीले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर असंवैधानिक काम गरेको भन्दै उनलाई मोक्ष प्राप्त नहुने बताएका छन् । उनले राजनीतिक प्रणालीमा नै आँच आउने कदम चालेर प्रधानमन्त्री ओलीले जनतालाई दुःख दिने काम गरेकाले सर्वोच्च अदालतले त्यसलाई रोक्नुपर्ने उनको धारणा छ ।
उनले निर्वाचन घोषणाले जनतामा करको भार थपिने, जनताले दुखः पाउने धारणा राखे ।
यो कुनै पनि जनताको भलोका लागि गरिएको होइन, उनको माग थियो, प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने कार्य गैरसंवैधानिक भएको हुनाले यसलाई बदर गर्नुपर्छ । बन्दीले भने ।

“अदालतले त्यसो गर्न सकेन भने अब हुने द्वन्द्वलाई हामीले रोक्न सक्दैनौं । अब फेरि मुलुक द्वन्द्वमा जान्छ श्रीमान् ।” बन्दीले तर्क गरे ।

संसद विघटन बिरुद्ध परेको रिटमा निरन्तर सुनुवाईको क्रममा आज बन्दीले बहस गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ