१५ माघ, काठमाडौं । उखु किसानको बक्यौता रकम भुक्तानी नदिएको आरोपमा अन्नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल काठमाण्डौबाट पक्राउ परेका छन् ।
त्रिपुरेश्वरस्थित घरबाटै उनलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी बिरुद्ध ठगी मुद्धामा कार्बाही प्रकृया अघि बढाउने तयारी भएको छ ।
गत ३० मंसिरमा उखु किसानलाई भुक्तानी नदिने उद्योगलाई पक्राउ गरी रकम असूल्ने निर्णय गृह मन्त्रालयले गरेको थियो । यसअघि २०७५ कात्तिकमा पनि उनी उखु किसानलाई भुक्तानी नदिएको अभियोगमा पक्राउ परेका थिए ।
उखु किशानले पटक पटक आन्दोलन गरे पनि उनीहरुले सम्झौता अनुसार अझै पुरा रकम हात पान सकेका छैनन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline