प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता: पुलिस क्लबलाई पराजित गर्दै एपीएफ फाइनलमा

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता: पुलिस क्लबलाई पराजित गर्दै एपीएफ फाइनलमा

  • बुधबार, माघ १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाडौँ, १४ माघ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब नेपाल पुलिस क्लबलाई पराजित गर्दै चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न खेलमा एपीएफले पुलिसलाई ३० रनले हराएको हो । टस हारेर ब्याटिङ गरेको एपीएफले ५० ओभरमा नौ विकेट गुमाएर २०३ रन बनाएको थियो । एपीएफले दिएको २०४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पुलिस ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १७३ रन मात्र बनायो । एपीएफका लागि शङ्कर रानाले ४४, भुवन कार्कीले ४२, सन्दीप जोराले ३४, सुवास खकुरेलले १९, कमलसिंह ऐरीले १९, कप्तान शरद भेषवाकरले १८ तथा अविनास बोहराले ११ रन बनाउनुभयो । बलिङतर्फ पुलिसका आरिफ शेखले तीन तथा ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले दुई दुई विकेट लिनुभयो ।

पुलिस क्लबका लागि ब्याटिङ गर्ने क्रममा पवन सर्राफले सर्वाधिक ४० रन बनाउनुभयो । यस्तै राशिद खानले ३४, ऐरीले ३३, अनिल साहले २१, आरिफ शेखले १६ तथा सागर ढकालले ११ रन बनाउनुभयो । बलिङतर्फ एपीएफ क्लबका भुवन कार्कीले चार तथा कमलसिंह ऐरी, अविनाश बोहोरा र शरद भेषवाकरले दुई दुई विकेट लिनुभयो । एपीएफले अब त्रिभुवन आर्मी क्लब र वाग्मती प्रदेशबीचको विजेतासँग उपाधिका लागि खेल्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ