माघ १४ काठमाण्डौं । हाल सम्मकै ठूलो आईपिओ जारी भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर शुक्रबार बाँडफाँड हुने भएको छ । बुधरबार प्रि अलोटमेन्ट सकिएपछि बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटले शुक्रबार बिहान १० बजे शेयर बाँडफाँड गर्ने तयारी भएको जनाएको छ ।
बैंकले माघ २ गते देखि ६ गते सम्म जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । त्यस मध्ये ०।२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणलाई निष्काशनमा ल्याएको थियो ।
बैंकको उक्त आईपीओमा १४ लाख ७५ हजार ८० वटा निवेदन योग्य भएका छन्। सबै आबेदकले न्युनतम ५० कित्ता हात पार्नेछन् भने त्यति वितरण गरे पछि बाँकीरहने शेयर पुनः गोलाप्रथाबाट बढी आवेदन गर्नेहरुलाई वितरण गरिने छ । त्यसो गर्दा बाँकी भाग्यमानीले थप १० कित्ता सम्म हात पार्न सक्नेछन् ।