माघ १४, जुम्ला । जुम्लाका तिला गाउँपालिका–७ गोठीगाउँमा लागेको आगो नियन्त्रणमा आएको छ । मंगलबार साँझ गोठीगाउँमा लागेको आगो आज बिहान नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी युवनकुमार चौधरीले बताए । खलंगा बजारबाट प्रहरी निरीक्षक नवीन थापा मगरको कमान्डमा १५ जना, प्रहरी चौकी रारालिहीबाट प्रहरी नायब निरीक्षक झुपेन्द्रबहादुर शाहीको कमान्डमा ३ जना र प्रहरी चौकी कुडारीबाट प्रहरी जवान नरेन्द्र देउवाको कमान्डमा ३ जनाको टोली आगो नियन्त्रणका लागि घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आगोले २५ घर जलेर नष्ट भएका छन् । अन्य क्ष्तीको विवरण आईनसकेको प्रहरीे बताएको छ ।
गाउँका घरहरु जलेर नष्ट भएपनि मानवीय क्षति भने भएको छैन । अन्नबाली र चौपायाको क्षति भएको चौधरीले बताए ।
आगलागी भएको गाउँ खलंगा बजा देखि ३५ किलोमिटर पश्चिममा रहेको छ । गोठीगाउँमा हिउँदमा खासै मान्छे नबस्ने भएकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
गोठीगाउँका बासिन्दा हिउँदमा चिसो छल्न बेसी झर्ने र गाउँमा केही कुरुवा मात्रै बस्ने भएकाले मानवीय क्षति हुनबाट जोगिएको हो ।