माघ १३ काठमाण्डौं । नेकपा प्रचण्ड माधव समुहका स्थायी समिति सदस्य भीम रावलले नेपाली जनता र संविधानमाथि गरेको पाप पखाल्न प्रधानमन्त्री ओली पशुपति पुगेर दीप बालेको टिप्पणी गरेका छन् ।
आज गमगढीमा संसद विघटन बिरुद्ध सो समुहले आयोजना गरेको बिरोध सभामा बोल्दै रावलले आफूले गरेको असंवैधानिक दकमको चौतर्फी बिरोध हुन थाले पछि पाप पखाल्न पशुपति पुगेको तर ओलीलाई पशुपतिनाथले क्षमा नदिने बताए ।
कोरोना नियन्त्रणका लागि खोप किन्नु पर्ने बेलामा ५० अर्ब खर्च गरेर निर्वाचन गर्न खोजेका छन्, यो स्वीकार्य हुँदैन रावलले भने ।
उनले पार्टीे ओलीलाई काम गर्न नदिएको भन्ने आरोपको खण्डन गर्दै विदेशीसँग झुक्ने, एमसीसी पास गराउन खोज्ने जस्ता काम गर्न खोजे पछि पार्टीले उनलाई निर्देशन मात्र दिएको बताए ।
ओलीको असंवैधानिक कदम असफल पारेरै छाड्ने रावले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline