बृहत नागरिक आन्दोलनद्धारा सरकार बिरुद्ध तेस्रो जनआन्दोलनको घोषणा, दमनप्रति भत्र्सना

बृहत नागरिक आन्दोलनद्धारा सरकार बिरुद्ध तेस्रो जनआन्दोलनको घोषणा, दमनप्रति भत्र्सना

  • सोमवार, माघ १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

मघ १२ काठमाण्डौं । संसद विघटन बिरुद्ध बालुवाटारमा मार्चपास गर्न पुगेका नागरिकमाथि प्रहरीले दमन गरेकोप्रति बृहत नागरिक आन्दोलनले भत्र्सना गरेको छ । नागरिक आन्दोलनका तर्फबाट युग पाठकले आज एक विज्ञप्ति जारी गरी भत्र्सना गरेका हुन् ।
मार्च पासमा सहभागी नागरिकहरूमाथि प्रहरीले प्रहार गरेको लाठी र पानीको फोहोराबाट दर्जनौँ नागरिकहरू घाइते भएका छन् । घाइतेमध्ये संघर्ष दाहाल, कुमार बर्तौला, सिएन थारु, स्वर्णिम दिनेश, राम नरेश यादव, प्राध्यापक रमेश भट्टराई लगायतको काठमान्डु मोडल अस्पताल, हेल्पीग ह्यान्ड्स र हिमाल हस्पिटलमा उपचार गरिएको छ । गम्भीर घाइते भएका निर्गराज जैसी, जनक ढुङ्गाना, सुरज तामाङ, कुलदिप शर्मा, सुनिल श्रेष्ठ र गोविन्द भण्डारी शिक्षण अस्पतालमा उपचाररत छन् । जैसीको होस अझै आईनसकेको विज्ञप्तिमा उल्लेख छ ।

आन्दोलनका विभिन्न चरणमा भएका कार्यक्रमलाई निरन्तरता दिने क्रममा आज कमलपोखरीबाट मार्च पास गर्दै प्रधानमन्त्री निवास, बालुवाटार पुग्ने र कोणसभा आयोजना गर्ने पूर्वघोषित कार्यक्रम थियो । कमलपोखरीको प्राकृतिक संरचना र महत्त्व निमिट्यान्न हुने गरी कंक्रिटका संरचना बनाउने उपक्रमलाई समेत विरोध गर्दै प्रधानमन्त्रीलाई नागरिकको प्रतिरोधी आवाज सुनाउने उद्देश्यले सो मार्च पासको आयोजना गरिएको थियो । कमलपोखरीबाट माटोको टीका लगाएर नागरिकहरू बालुवाटारतर्फ मार्च गरेका थिए । प्रधानमन्त्री निवासबाट करीब पाँच सय मिटरवरै भाटभटेनी पीपलबोटमा प्रहरीले ब्यारिकेड राखेर नागरिक आन्दोलनकारीलाई रोकेको थियो । पीपलबोटमा आयोजना गरिएको कोणसभालाई डा गोविन्द केसी, खगेन्द्र सङ्ग्रौला, मोहना अन्सारी र नारायण वाग्लेले सम्बोधन गरेका थिए । प्रदीप देवानले गीत प्रस्तुत गरे भने प्रणिका कोयूले कविता वाचन गरेकी थिइन् । शिल्पी थिएटरले सडक नाटक तथा विमिन इन पोलिटिक्सले प्रदर्शन गरेको थियो । कोणसभापछि शान्तिपूर्ण रुपमा अघि बढेको जुलुसलाई प्रहरीले एक्कासी लाठी र पानीको फोहोरा प्रहार गरेको पाठकले बताएका छन् ।
नागरिकले गरेको शालीन र शान्तिपूर्ण अभियानलाई प्रहरीले नै बलजफ्ती मुठभेडमा परिणत गरेको भन्दै विज्ञप्तिमार्फत् सबैखाले राजनीतिक एवम् साँस्कृतिक प्रतिगमनविरुद्ध वृहत् नागरिक आन्दोलन तेस्रो जनआन्दोलन घोषणा गरिएको छ ।

https://www.mirmireonline.com/wp-content/uploads/2021/01/FINAL-Nagarik-Aandolan-Press-Statement-Magh-12-2077.pdf

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ