ओलीले डमरु बजाउदै केन्द्रीय सदस्य बाँड्दैछन्, उनको पार्टी धुले पार्टी हो : माधव नेपाल

ओलीले डमरु बजाउदै केन्द्रीय सदस्य बाँड्दैछन्, उनको पार्टी धुले पार्टी हो : माधव नेपाल

  • सोमवार, माघ १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

माघ १२ काठमाण्डौं । नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष माधव कुमार नेपालले प्रशंशाको भोका र एकल र स्वेच्छाचारी रुपले चल्न चाहने केपी ओलीले पार्टीको भर्याङ चढेर प्रतिगमन गरेको भन्दै उनले अहिले डमरु बजाउर्दै केन्द्रीय सदस्य बाँडिरहेको बताए ।
ओलीले शपथ खुवाएका कँयौ केन्द्रीय सदस्यले कागज त्याचेर आत्मग्लानी गर्दै फिर्ता हुन थालेको भन्दै ओलीको पार्टी कम्युनिष्ट पार्टी नभएर धुले पार्टी भएको बताए ।
उनले कुनै पनि नेता कार्यकर्तालाई धुलेपार्टीमा प्रलोभनमा परेर नजान आग्रह गरे ।
आज पेरिसडाडामा बोल्दै उनले प्रतिनिधि सभा भंग गर्ने आधार नरहेकाले सर्वोच्चले संसद पुनस्थापना गर्नेमा आफू ढुक्क रहेको बताए ।
गणतन्त्रको रक्षा, संघीयता र संविधानको रक्षा गर्दै समाजवादतिर जाने आफूहरुको पार्टी नै सच्चा कम्युनिष्ट पार्टी भएको पनि उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ