माघ १२ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली आज दाङ जाने भएका छन् । नेपालकै दोस्रो लामो पुल उद्घाटनका लागि उनी त्यस तर्फ जान लागेका हुन् ।
दाङको देउखुरी स्थित राप्ती नदीमा बनेको यो पुलको प्रधानमन्त्रीले उद्घाटन गर्नेछन् । त्यस पछि त्याहाँ आफ्नो गुटले आयोजना गरेको जनसभालाई सवोधन गर्ने पनि जनाईएको छ ।
राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते शिलान्यास गरेका थिए । बिहान ११ बजे प्रधानमन्त्री पुग्ने भनिएको छ ।
तोकिएको समय भन्दा अगाडी नै यो पुल करबि एक अर्ब लागतमा तयार भएको हो ।
८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको यो पुल नेपालकै दोस्रो लामो हो । नेपालको सबैभन्दा लामो पुल बर्दियाको कोठियाघाटस्थित कर्णाली नदीमा छ ।यसको लम्बाइ १ हजार १५ मिटर छ ।