माघ ११ काठमाडौं। नेपाली पूजी बजारको ईतिहासमा पहिलो पटक नेप्से २४ सय अंक नाघेको छ । आज एकै दिन शेयर ५० अंकले बृद्धि भयो । शेयर आज २४ सय २४ बिन्दुमा पुगेको छ ।
सूचक ५० अंकले बढेर २४२४ बिन्दुमा पुग्दा कारोबार रकम समेत ९ अर्ब रुपैयाँ भन्दामाथि पुगेको छ।
नेपाल लाइफको मात्रै ६६ करोड रुपैयाँको कारोबार हुँदा पुनर्बीमा कम्पनीको ३४ करोड, नेपाल टेलिकमको ३१ करोड, नेशनल लाइफको २४ करोड, प्राइम कमर्सियल बैंकको २२ करोड रुपैयाँको किनबेच भएको छ।
सिभिल बैंकको १३ लाख कित्ता सेयरको माग हुँदा मेगा बैंकको साढे ९ लाख कित्ता, प्रभु लाइफ र नेपाल क्रेडिट एण्ड कमर्स बैंकको ८र८ लाख कित्ता सेयर माग भएको थियो।
सर्वाधिक किनबेच भने एचआइडिसिएल, कुमारी बैंक, प्रभु बैंक, सिभिल बैंक अरुण काबेली पावर र प्राइम कमर्सियल बैंकको करिब ५र५ लाख कित्ता सेयर किनबेच भएको छ।
आइतबार व्यापार समुह बाहेकका सबै उपसूचक हरियो भएका छन्। सबैभन्दा धेरै निर्जीवन बीमा समुह २२१ अंकले बढ्दा जीवन बीमा समुह १६५ अंक, लघुवित्त समुह १०२ र अन्य समुह १०४ अंकले बढेका छन्। व्यापार समुहको सूचक ७३ अंकले घटेको छ।
आइतबार कारोबारमा आएका कम्पनीमध्ये मिथिला लघुवित्त, पोखरा फाइनान्स, ग्रामीण विकास लघुवित्त, गुरास लाइफ इन्स्योरेन्स, गुराँस लघुवित्त, नागरिक लगानी कोष, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, आइएमई जनरल इन्स्योरेन्स, सपोर्ट माइक्रो फाइनान्स, रिडि हाइड्रोपवार, प्रभु लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी, एचआइडिसिएल, शिवश्री हाइड्रोपवार, आशा लघुवित्त र रैराङ हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ।
आइतबारको कारोबारमा करिब ८० हजार पटक सेयर किनबेच भएको छ।