प्रधानमन्त्रीले अदालतको अवहेलना गरेको भन्दै इजलासमा प्रश्न , राजपत्रबारे निवेदन

प्रधानमन्त्रीले अदालतको अवहेलना गरेको भन्दै इजलासमा प्रश्न , राजपत्रबारे निवेदन

  • आइतवार, माघ ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

माघ ११ काठमाडौँ । प्रतिनिधिसभा विघटनबारे सुनुवाइ जारी रहेको संवैधानिक इजलासमा प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना गरेको भन्दै कानुन व्यवसायीले प्रश्न गरेका छन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीले खुलेआम अदालतको अवहेलना गरेको भन्दै इजलासको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्रीले माघ ९ गते सर्वोच्चमा भईरहेको बहसलाई तमासाको संज्ञा दिएका थिए । साथै उनले संसद पुनस्थापना हुने ठाँउ नरहेको जिकिर गरेका थिए । त्यस पछि कानुन व्यवशायीले प्रश्न उठाएका हुन् ।
जवाफमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बजारका कुरा सुनिसाध्य नभएको भन्दै बजारको हल्लाका पछि नलाग्न भन्ने अभिव्यक्ति दिएका थिए ।
यसै गरी, आइतबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले राजपत्रका बारेमा इजलासमा निवदेन पेश गरेका छन् । निवेदनमा राजपत्रमा प्रकाशित सूचनाको आधिकारीकता जाँच गर्न माग गरिएको छ । निवेदन दिए पछि बोल्न खोजेका श्रेष्ठलाई महान्यायधीवक्ता अग्नी खरेल लगायतले प्रतिवाद गरेका थिए ।

ईजलाशमै भनाभन भए पछि प्रधानन्यायधीशले पछि समय दिने भन्दै रोकेका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ