पञ्चायतकालमा आफैलाई हत्या मुद्धाबाट जोगाउन लडेका वरिष्ठ अधिवक्ता भण्डारीमाथि प्रधानमन्त्रीले गरे अपमान

पञ्चायतकालमा आफैलाई हत्या मुद्धाबाट जोगाउन लडेका वरिष्ठ अधिवक्ता भण्डारीमाथि प्रधानमन्त्रीले गरे अपमान

  • शनिबार, माघ १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.4K
    SHARES

माघ १० काठमाण्डौं । पञ्चायतकालमा झापामा व्यक्ति हत्याकाण्डमा आरोपी भएका प्रधानमन्त्री केपी ओलीको मुद्धा समेत लडेका, बिपी कोईराला आदि पुराना नेताहरुको मुद्धा लड्दै ९५ वर्षको उमेरमा संसद विघटन सम्बन्धि मुद्धाको समेत बहस गर्न पुगेका कृष्ण प्रसाद भण्डारीलार्ई प्रधानमन्त्रीले अपमानजनक शब्द प्रयोग गरेका छन् ।
शुक्रबार आफनो समुह निकट पेशागत संगठनको भेलामा ओलीले संविधान विघटन सम्बन्धि बहस गरेका भण्डारीलाई बाजे जस्ता शब्दको प्रयोग गर्दै उनलाई तमासा देखाउन सर्वोच्च लगिएको बताए ।
‘एकजना बाजे वकिललाई पनि लिएर गएछन् त्यहाँ तमासा देखाउन । किन दुःख दिया हुन् बूढा मान्छेलाई ?‘। लगेछन् ।’ संसद पुनस्थापना हुने ठाँउनै छैन , किन तमासा देखाउनु । प्रधानमन्त्रीले भने ।
अर्कोतिर अरुलाई सर्वोच्च अदालतलाई धम्की दिएको भन्दै बिरोध गर्ने प्रधानमन्त्री ओली स्वयं भने संसद पुनस्थापना हुँदैन, संविधानमा व्यवस्था छैन भन्दै घुमाउरो हिशाबले सर्वोच्चले संसद पुनस्थापना नगर्ने सन्देश दिन खोजीरहेको समेत देखिएको छ ।
सदाबहार लोकतन्त्रवादी अधिवक्ता भण्डारी शारीरीक रुपमा स्वस्थ्य छन् । उनलाई स्वर्गीय राजा महेन्द्रले प्रधानन्यायधीश बनाउन खोज्दा समेत अस्वीकार गर्दै बरु जेलमा रहेका विपी कोईरालाको पक्षमा मुद्धा लडे ।
प्रधानमन्त्रीको यस अभिव्यक्तिप्रति सर्वोच्चमा बहस गरिरहेका कुनै पनि वकिल सन्तुष्ट हुन सकेका छैनन् ।
एक कानुन व्यवशायीले प्रधानमन्त्रीको छुद्रबचनको मात्र कुरा हैन अदालतलाई समेत अपमान गरेकोे देखियो , यो चिन्ताको बिषय भएको बताएका छन् ।
झापामा २८ सालमा केही व्यक्तिलाई सामन्तको नाममा टाउको काटेर फरार रहेका केपी ओलीको ज्यान मुद्धा बचाउन भण्डारीरुले विभिन्न जिल्लामा मुद्धा लडेका थिए । ओली सो हत्या मुद्धामा १४ बर्ष जेल सजाय पाएर मुक्त भएका थिए ।
अहिले सर्वोच्चमा ९५ वर्षका बरिष्ठ अधिवक्ता भण्डारी मात्र हैन २५ वर्षका युवा वकिलले पनि संसद पुनस्थापना हुनु पर्ने पक्षमा बहस गरीरहेका छन ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ