प्रधानमन्त्री कप क्रिकेट : वाग्मती र प्रदेश १ विजयी

प्रधानमन्त्री कप क्रिकेट : वाग्मती र प्रदेश १ विजयी

  • शुक्रबार, माघ ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेश र प्रदेश नं १ आ–आफ्नो खेलमा विजयी भएका छन् । वाग्मतीले प्रदेश नं २ लाई ६ विकेटले तथा प्रदेश १ ले कर्णाली प्रदेशलाई ५९ रनले पराजित गरेको हो ।

मूलपानी क्रिकेट मैदानमा प्रदेश २ दे टस जितेर पहिला ब्याटिङ गर्दै ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनाएको थियो । एक सय ८० रनको विजयी लक्ष्य वाग्मतीले ४८ दशमलव दुई ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । वाग्मतीका लागि पृथु बाँस्कोटाले अर्धशतकीय पारी खेल्नुभयो । उहाँले ७५ बलको सामना गर्दै एक छक्का र चार चौकाको मद्दतमा अविजित रहँदै ५३ रन बनाउनुभयो । यस्तै विभत्सु थापाले ४७, आकाश थापाले ३२ तथा इशान पाण्डे १५ रन बनाउनुभयो । बलिङतर्फ प्रदेश २ का हरिशङ्कर शाहले दुई तथा विशाल सुसलिङ र कुमार थापाले एक÷एक विकेट लिनुभयो ।

यसअघि पहिला ब्याटिङ गर्ने क्रममा प्रदेश २ का लागि विवेक यादवले ६६ रनको अर्धशतकीय पारी खेल्नुभयो । उहाँले ७४ बलमा तीन छक्का र तीन चौका प्रहार गर्नुभयो । यस्तै कुमार थापाले २२, राहुलप्रताप सिंहले १८, सुधिर चौधरीले १५ तथा कप्तान सुरज कुर्मीले १३ रनको योगदान दिनुभयो । बलिङतर्फ वाग्मतीका गौतम केसी एक्लैले चार, रामनरेश गिरीले दुई तथा नन्दन यादव, तिलक भण्डारी र विपीन आचार्यले एक÷एक विकेट लिनुभयो । वाग्मती लगातार तेस्रो खेलमा विजयी भएको हो । वाग्मतीले यसअघि पुलिस क्लब र सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको थियो । वाग्मती शीर्ष स्थानमा छ भने प्रदेश २ चौथो स्थानमा छ ।

प्रदेश १ को सान्त्वना जित

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश १ ले आज सान्त्वना जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लिग चरणको अन्तिम खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई ५९ रनले पराजित गरेको हो । प्रदेश १ ले टस जितेर पहिला ब्याटिङ गर्दै २१५ रन बनायो । दुई सय १६ रनको विजय लक्ष्य पछ्याएको कर्णालीले ३५ ओभरमा सबै विकेट गुमाउँदै १५६ रन मात्र बनायो । कर्णालीका लागि विपीन रावलले सर्वाधिक ४७ रन बनाउनुभयो । यस्तै निश्चल रावलले ३१, कप्तान रविन्द्र शाहीले १८, दिवान पुनले १४ तथा दिनेश अधिकारी ११ रन बनाउनुभयो । बलिङतर्फ प्रदेश १ का मिनास थापा एक्लैले पाँच विकेट लिनुभयो । यस्तै दिपेश कँडेलले तीन तथा मनोज तामाङले दुई विकेट लिनुभयो ।

यसअघि ब्याटिङ गर्ने क्रममा प्रदेश १ का लागि कप्तान सिद्धान्त लोहनीले ६६ रनको अर्धशतकीय पारी खेल्नुभयो । यस्तै शुभशङ्कर उरावले ३६, मिनास थापाले २५, सर्वण यादवले १७, फिर्दोस अन्सारीले १७ तथा राजन मगरले १० रन बनाउनुभयो । बलिङतर्फ कर्णालीका रविन्द्र शाहीले तीन तथा दिनेश अधिकारी र अनुज चुनाराले दुई÷दुई विकेट लिनुभयो । प्रदेश १ प्रतियोगिताबाट बाहिरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ