माघ ९ काठमाण्डौं । नेकपाका बौद्धिक नेता घनश्याम भुषालले प्रधानमन्त्री केपी ओलीले संविधानलाई बन्धक बनाएर ताण्डव नाचिरहेको टिप्प्णी गरेका छन् । नेकपा प्रचण्ड माधव समुहको बिरोध सभालाई संवोधन गर्दै भुषालले देशमा संविधान पराजीत हुने या केपी ओली पराजीत हुने भन्ने विकल्प रहेको बताए ।
उनले ओलीको सेटिङले अब देश नचल्ने भन्दै त्यस्ता सेटिङ उपन्यासमा मात्र काम लाग्ने बताए ।
ओलीले बैशाखमा चुनाव नगराउने भन्दै कुनै पनि भ्रममा नरहन भुषालले आग्रह गरे ।
ओलीको जालझेल र षड्यन्त्र अब काम नलाग्ने र उनी पराजीत हुने पनि भुषालले दाबी गरे ।
अब ओलीसगँ साईबर सेना मात्र बाँकी रहेको भन्दै नेकपाले अब ओली जस्तो नेता पैदा नगर्ने विस्वास व्यक्त गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline