माघ ९ काठमाण्डौं । आफ्नी प्रेमीकालाई गोली हानी हत्या गरेर फरार भई अर्कैसगँ बिबाह गरी लुकिछिपि बस्दै आएको अवस्थामा पवन लिम्बु पक्राउ परेका छन् ।
पाँचथरको फिदिम स्थित एक गेष्ट हाउसमा प्रेमीका सुष्मा लिम्बुलाई हत्या गरी भागेका पवन १० वर्ष पछि काठमाण्डौं मुलपानीबाट पक्राउ परेका हुन् । उनलाई बिहिबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पवनले १० वर्षअघि प्रेमिका सुष्मा तुम्बाहाङ्फेलाई गोली हानी हत्या गरेका थिए । उनीहरु दुबै जना ताप्लेजुङका हुन् ।
ब्रिटिश सेनामा भर्ना हुने प्रयासमा उनीहरु दुबै जना झापा आएर पुनः पाँचथर गएर होटलमा एक रात बसेका थिए तर भोलीपल्टै पवनले सुस्मालाई मारेका थिए ।
प्रहरीको अनुसन्धानमा उनी विवाह गरेर काठमाडौंमा बस्दै आएको खुलेको छ । ताप्लेजुङ स्थायी घर भएका २७ वर्षीय पवन विवाहपछि मूलपानीमा लुकिछिपी बस्दै आएको खुलेको हो ।
थप अनुसन्धान गरी मुद्दा चलाउन लिम्बुलाई जिल्ला प्रहरी कार्यालय पाँचथर पठाईने भएको छ ।