ओलीको पतन अनिवार्य छ , बैशाखमा चुनाव हुदै सक्दैनः बाबुराम

ओलीको पतन अनिवार्य छ , बैशाखमा चुनाव हुदै सक्दैनः बाबुराम

  • शुक्रबार, माघ ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

रुपन्देही, ९ पुस । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बैशाखमा कुनै पनि हालतमा निर्वाचन हुन नसक्ने ठोकुवा गरेका छन् । आज वुटवलमा पत्रकार सम्मेलन गर्दै डा. भट्टराईले ओलीले निर्वाचन गर्न भन्दा पनि यो व्यवस्था भत्काएर निरकुश शासक बन्न प्रपञ्च गरेकाले सबैले एक जुट भएर आन्दोलन गर्न आव्हान गरे ।
्ओली हिटलर जस्तै निरंकुश बन्न खोजेको भन्दै भट्टराईले उनको पतन अनिवार्य भएको पनि बताए ।
प्रेस नेपालले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष भट्टराईले संसद पुःस्थापना नभई चुनाव हुन नसक्ने दावी गर्दै उनले यस्तो चुनावबाट कसैको बहुमत नआउने र मुलुक संवैधानिकरुपमा सधैंका लागि अस्थिरतामा फस्ने बताए ।

ओली सरकारले संवैधानिक निकाय, सुरक्षा लगायत राज्यका सबै अंग नियन्त्रणमा लिएर तथा राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा सेटिङ गरेर मात्र संसद विघटन गरेको तर्क डा. भट्टराईको थियो ।

उनले भने, ‘सबै कुरा सेटिङमा भएको छ, राष्ट्रिय–अन्तर्राष्ट्रियरुपमा सेटिङ भएको छ, अदालतबारे मैले बोल्नु उपयुक्त हुन्न, तर अरुले प्रश्न उठाइरहेका छन्, सुरक्षा निकाय, संवैधानिक आयोगहरुमा आफ्ना मान्छे नियुक्त गरेर सबै अंग नियन्त्रणमा लिइसकेपछि मात्रै संसद विघटन भएको छ ।’

डा। भट्टराईले संसद विघटनले मुलुक दुर्घटनामा धकेलिएको र देशमा विदेशी हस्तक्षेप बढ्ने जोखिमतर्फ संकेत गरे । यस्तो जोखिमबाट बच्न संसद पुनःस्थापना गर्नुपर्नेमा उनको जोड थियो ।

गलत बाटोको हिंडेको सरकारलाई सच्याउन तेस्रो जनआन्दोलन आवश्यक भएको उनले बताए । सर्वोच्चले प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमलाई सच्याउने विश्वास व्यक्त गर्दै उनले यसलाई सजिलो बाटोको रुपमा चित्रण गरे । ‘संसद विघटनको गल्तीलाई सच्याउने सजिलो बाटो सर्वोच्चको फैसला हो,’ भट्टराईले भन, ‘नभए दोस्रो जनआन्दोलन भन्दा पनि उच्चस्तरको तेस्रो जनआन्दोलनको खाँचो छ, त्यसले मात्रै संसद पुनस्थापना गर्नसक्छ ।’

अध्यक्ष भट्टराईले ओली समूह र कमल थापाको पार्टीबाहेकका सबै राजनीतिक शक्ति एक भएर संयुक्त जनआन्दोलन उठाउनुपर्नेमा जोड दिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ