माघ ९ वुटवल । रुपन्देहीको गैडहवामा एक ५५ वर्षे महिलाको हत्या भएको छ । हिजो साँझ घरबाट बाहिर निस्किएकी कलावती धोवीको हत्या भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार उनको शव ननउली गाउँको तोरीबारीमा बेलुका राति ८ बजे फेला परेको हो।
उनको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ । उनको हत्या कसले गरेको हो एकीन भएको छैन । तर प्रहरीले अनुसन्धान गरी हत्याराको खोजी भईरहेको जनाएको छ ।
कलावतीका श्रीमान र चार छोरा छन्। ती महिलाको शव पोस्टमार्टमका लागि भीम अस्पतालमा लगिएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline