राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्धारा बाईडेनलाई बधाई

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्धारा बाईडेनलाई बधाई

  • बिहिबार, माघ ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.8K
    SHARES

माघ ८ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई दिनुभएको छ । भण्डारीले बधाई सन्देश दिँदै बाइडनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ गहिरो र विस्तार हुने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले नेपालको सामाजिक आर्थिक विकासका लागि अमेरिकी सहयोगको प्रशंशा पनि गर्नुभयो ।
यसै गरी उपराष्ट्रपति नन्द बहादुर पुनले पनि अमेरीकी राष्ट्रपति बाईडेनलाई बधाई दिनु भएको छ ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अमेरिकी राष्ट्रपति जो बाइडनलाई बधाई सन्देश पठाउनुभएको छ ।

बाइडेनको नेतृत्वमा अमेरिकाले प्रगति र समृद्धि हासिल गर्ने कार्यलाई जारी राख्ने ओलीले विश्वास व्यक्त गर्नुभएको छ । अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित बाइडेनले गएराति पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ