ओलीसँग तत्काल एकताको संभावना छैन,हामीले नै अब युवाहरुलाई नेतृत्व हस्तान्तरण गर्नेछौः प्रचण्ड

ओलीसँग तत्काल एकताको संभावना छैन,हामीले नै अब युवाहरुलाई नेतृत्व हस्तान्तरण गर्नेछौः प्रचण्ड

  • बुधबार, माघ ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

माघ ७ काठमाण्डौ । नेकपाका अध्यक्ष प्रचण्डले केपी ओलीको गलत व्यवहार र प्रवृतिका कारण अहिलेको अवस्था आएको भन्दै उनीसगँ तत्कालै एकता हुने कुनै संभावना नरहेको बताएका छन् ।
आज सम्पादकहरुसगँको छलफलमा प्रचण्डले ओलीले पद छाड्न पर्दा कुर्सी भाच्ने, घरमा आगो लगाउने काम गर्ने काम गरेकोले एकता नहुने बताए ।
यदी ओलीले गल्ती महसुस गरेर, कमजोरी सुधार गरेर फर्किएको अवस्थामा मात्रै एकताको संभावना रहने उनले बताए ।
पार्टी एकता देखिकै समस्या शुरु भएको बताउदै उनले अहिले आउदा त्यो क्लाईमेक्समा पुगेकाले जनतामा रहेको भ्रम चिर्न आफूहरुले स्वेतपत्र जारी गरेर जनतामा जाने स्पष्ट पारे ।

आफूहरु निर्वाचन विरोधी नभए पनि अहिले निर्वाचनमा जाने पक्षमा नरहेको भन्दै संसद पुनस्थापना नभए संविधानै समाप्त हुने खतरा रहेको बताए ।
आफूहरु प्रधानमन्त्रीका लागि मरिहत्ते गर्ने मान्छे नभएको भन्दै अब बिस्तारै युवाहरुलाई नेतृत्व हस्तान्तरण गर्दै जाने उनले दाबी गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ