माईक्रो र मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु

माईक्रो र मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु

  • मङ्लबार, माघ ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.8K
    SHARES

माघ ६ दुहबी । सुनसरीको दुहबी नगरपालिका–१० सिमरियामा भएको माईक्रो बस दुर्घटनामा परेर ३ जना मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ८ जना घाइते भएका छन् ।

दुहबीबाट ईनरुवातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ज ३८६८नम्बरको उईनगर माईक्रोसंग विपरित दिशाबाट आउँदै गरेको को।३४ प ४६९४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई सडकबाट पल्टिएर दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालय दुहबीका ईन्चार्ज गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठकाअनुसार मृत्यु हुनेमा सप्तरी जिल्ला राजविराज १ को अन्दाजी २२ वर्षीय शंकर यादव, सुनसरी ईनरुवा ३ को अन्दाजी वर्ष ४४ का बिर्ख मन्डल रहेका छन् भने एक जना मृतकको नाम भने खुल्न बाँकी रहेको छ ।

सो दुर्घटनामा परेर घाइते हुनेहरुमा विराटनगर १४ का जयनारायण यादव, सप्तरी जिल्ला मंन्सापुर न।पा। हनुमान नगरका ईन्द्र मला देवी, राजविराज न।पा। ७ का निरज यादव, सुरेश मन्डल, सुनसरी ईनरुवा ८ गणेशपुरका चन्द्र मेहता, भोक्राहा नर्सिङ ३ का प्रशान्त यादव, प्रकाशपुर १० का भरत यादव रहेका छन् । उनीहरुको विराटनगर अस्पताल र दुहबीको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ