माघ ६ काठमाडौं । भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल भारतको सानो भाई भएको प्रतिकृया दिदै रिसाए पनि फकाउने बताएका छन् । कुनै पनि स्वतन्त्र राष्ट्रको समान हैसियत हुन्छ, तर भारतले नेपाललाई सानो भाईको संज्ञा दिदै आएको छ । जसलाई सिंहले पुनः दोहोर्याएका छन् ।
हालै नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मोदीले भेट नदिए पछि आलोचना भईरहेका बेला आजतक टिभीमा अन्तरवार्ता दिदै सिंहले यस्तो बताएका हुन् ।
उनले नेपालसगँ शत्रुताको कल्पना गर्न नसकिने र कुनै पनि बिषयमा झगडा गर्न नसकिने बताए ।
नेपाल र भारतबीच रोटी बेटीको सम्बन्ध भएकाले त्यसलाई टुट्न नदिने उनले दाबी गरे ।
सीमानाको बिषयमा उनले भाई भाईबीच जग्गा मिचामिच भए पनि त्यसलाई सुल्झाउन सकिने बताए ।
भारतले वैशाख २६ मा नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोड्ने लिंकको ट्र्याकको उद्घाटन गरेपछि दुवै छिमेकीबीच तनाव बढेको हो । सो सडक नेपालको भूमिमा निर्माण गरिएको भन्दै नेपालमा व्यापक विरोध भएको थियो ।