माघ ६ ललितपुर । ललितपुरको चांगाथलीमा एक दम्पत्ति मृत अवस्थामा फेला परेका छन् । घरको मुनिको तलामा बस्दै आएका ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीय श्रीमती निर्मला पोखरेल मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
कोठा भित्रबाट लक रहेको अवस्थामा उनीहरु दुबै जनाको शब भुईमा लडेको अवस्थामा फेला परेको थियो । त्यसको छेउमा बान्ता गरेको पाईएको छ भने बिषादीको बट्टा समेत प्रहरीले फेला पारेकाले आत्महत्या गरेको आशंका गरिएको छ ।
राजविराज स्थायी घर भएका उनीहरु चार वर्षदेखि उक्त फ्ल्याटमा आमाबुबासँग बस्दै आएका थिए । मृतकका आमाबुबा केही दिनदेखि छोरीको घर गएको समयमा उनीहरुले आत्महत्या गरेको हुनसक्ने बताईएको छ ।
घरबेटीले झ्यालबाट हेर्दा भित्र उनीहरु लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार मृत पुरुष भेटनरीको सामान सप्लाइको काम गर्दै आएका थिए। उनीहरुको गत वर्षको फागुनमा विवाह भएको थियो ।