माघ ६ काठमाण्डौं । नेपालको सबै भन्दा ठूलो जीवन बिमा कम्पनी नेपाल लाईफको २० औँ साधारण सभा आउदो माघ २८ गते बीरगञ्जमा हुने भएको छ ।
बीरगञ्जको भिस्वा होटलमा सो दिन बिहान ९ बजेबाट साधारण सभा शुरु हुने कम्पनीले एक सूचना प्रकाशित गरी जनाएको छ ।
साधारण सभाले आर्थिक वर्ष ७५÷७६ को मुनाफाबाट ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई पारीत गर्नेछ ।
माघ १४ गते सम्म कायम शेयरधनीले उक्त बोनस प्राप्त गर्नेछन् । माघ १४ गते बुकक्लोज हुनेछ ।
साथै साधारण सभाले स्टक स्लीप्ट अर्थात शेयरको मुल्य प्रतिकित्ता ५० रुपैयाका घटाउने प्रस्ताव पनि पारित गर्नेछ । यो प्रस्ताव नियामक निकायबाट समेत पारित भए पछि प्रतिकित्ता शेयरको आधारभुत मुल्य ५० रुपैया हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline