माघ ६ विराटनगर । मोरङको सुनवर्सीमा विराटनगर स्थित मेरिल्याण्ड कलेजको बस पल्टिएर दुर्घटना हुँदा ५ जना विद्यार्थी घाईते भएका छन् । उर्लाबारी सडक खण्ड अन्तर्गत भेडुवा थान नजिकै डाइनियाबाट रंगेली तर्फ विधार्थी लिई जाँदै गरेको बा २ ख ४५८ नंम्बरको कलेज बस अनियन्त्रित पल्टिएको थियो ।
घाईते हुनेमा रतुवामाई ३ बस्ने वर्ष १७ की रेजिना घिमिरे, वर्ष १६ को शर्दा भट्टराई, वर्ष १६ मनिषा राजवंशी, वर्ष १६ को निसा ताजपुरिया र वर्ष १६ को बिसाल कुमार मण्डल घाइते भएका छन ।
उनीहरुको मकालु अस्पताल विराटनगरमा उपचार भईरहेको छ । बस चालक रतुवामाई नपा ६ बस्ने वर्ष ३१ को धर्मेन्द्र बर्मालाई ईलाका प्रहरी कार्यलय रंगेलीले नियन्त्रणमा लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline