ओलीलाई जति गर्दा पनि सुधार्न सकिएनः नेपाल

ओलीलाई जति गर्दा पनि सुधार्न सकिएनः नेपाल

  • सोमवार, माघ ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

माघ ५ काठमाण्डौं । नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष माधव कुमार नेपालले जति गर्दा पनि केपी ओली नसुध्रिएको भन्दै कुनै उपाय नरहे पछि अब स्पष्टीकरण पत्र पठाउन लागिएको बताएका छन् ।
अखिल नेपाल महिला संघको बैठकलाई संवोधन गर्दै अध्यक्ष नेपालले अब पार्टी सदस्यताबाट किन नहटाउने भनेर सोधेर पत्र दिन लागिएको बताए ।
ओलीलाई अझै सुधार्न सकिन्छ कि भनेर पार्टीका केही नेताहरुले अझै प्रयत्न गरेको भन्दै नेपालले त्यो व्यर्थ रहेको दाबी गरे । ‘मेरो मति बिग्रियो, म मैमत्त भए भनेर माफी माग्नु हुन्छ कि भनेर केही कमरेडहरु अझ आशा गर्नुभएको छ । दाहाल कमरेडले पनि बांगो पुच्छरलाई सोझो पार्ने धेरै कोसिस गर्नुभएको थियो । बांगो पुच्छर सोझो हुनेवाला छैन,’ नेपालले भने ।
यस अघि सो समुहको बैठकले ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
ओलीले चुनाव गराउनका लागि घोषणा नगरेकाले निर्वाचन हुने भ्रममा नबस्न उनले सबैमा अपील गरे ।
नेपालले ओली संकटकाल लगाएर भए पनि वा थप असंवैधानिक कदम चालेर भए पनि पाँच बर्ष कुर्सिमा बसिरहन चाहेको दाबी गरे ।
उनले निर्वाचन आयोगले आधिकारीक पार्टी र चुनाव चिन्ह सूर्य आफूहरुलाई दिनेमा ढुक्क रहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ