बहस छोटो गर्नुस्, तपाई मात्रै कति समय लिनु हुन्छ ? न्यायधीशले कानुन व्यवशायीलाई सोधे

बहस छोटो गर्नुस्, तपाई मात्रै कति समय लिनु हुन्छ ? न्यायधीशले कानुन व्यवशायीलाई सोधे

  • सोमवार, माघ ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

काठमाडौँ माघ ५ । प्रतिनिधिसभा विघटनविरुद्धमा भइरहेका बहस छोटो गर्न संवैधानिक ईजलाशका न्यायधीशहरुले आग्रह गरेका छन् । आज लामो समय बहस गरिरहेका वरिष्ठ अधिवक्ता दिनमणि पोखरेललाई लक्षित गर्दै न्यायधीश अनिल कुमार सिन्हाले तपाई कति समय लिनु हुन्छ ? अरुलाई पनि बोल्न दिनु पर्ला भन्दै बहस छोट्याउन आग्रह गरे । न्यायधीशले यस्तो आग्रह गर्दा अधिवक्ता पोखरेलले तीन घण्टा बोलिसकेका थिए ।
मुद्दामा सहभागी हुने कानुन व्यवसायीको संख्या र वर्तमान अवस्था हेरेर बहसमा समय व्यवस्थापन गर्न निवेदकका कानुन व्यवसायीहरूलाई न्यायाधीश सिन्हाले सुझाव दिए । ु३६३ वटा वकालतनामाहरू परेका छन् । यो सुनुवाइ गर्दागर्दै चुनावको तयारी सम्पन्न भई, झारखण्डको चुनाव जस्तो, यो संसद् विघटन गलत हो तर चुनावको तयारी भइसकेको हुनाले र पब्लिक मतका लागि जागिसकेको हुनाले कतै चुनावलाई रोक्नु नपर्ने भन्ने अवस्था पर्ला , म्यानेज गर्नुस्, सिन्हाले भने । त्यस पछि पोखरेलले बहस टुंग्याएका थिए ।
पुष ५ मा प्रधानमन्त्री ओलीले संसद विघटन गरे पछि एक दर्जन बढी रिट परेका थिए । ती सबै रिटको सुनुवाई संवैधानिक ईजलाशमा भईरहेको छ ।
अदालतमा भईरहेको लामो बहस र प्रकृयाका कारण यस मुद्धामा फैसला हुन अझै केही समय लाग्ने देखिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ