नेपाल राष्ट्र बैंकमा कर्मचारी एकता अधिवेशन सम्पन्न

नेपाल राष्ट्र बैंकमा कर्मचारी एकता अधिवेशन सम्पन्न

  • आइतवार, माघ ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

नेपाल राष्ट्र बैंक कर्मचारी संघ, थापाथली समिति तथा नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंक थापाथली ईकाइको आठौं एकता अधिवेशन सम्पन्न भएको छ ।
राष्ट्र बैंक कर्मचारी संघ, थापाथली समितिका अध्यक्ष श्रीलाल कार्कीको अध्यक्षता तथा नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक डा.नीलम ढुङ्गाना तिम्सिनाको प्रमुख आतिथ्यमा संचालित अधिवेशनको उद्घाटन सत्रमा एकता संयोजन समितिका संयोजक रुद्रप्रसाद तिम्सिना र सह संयोजक रेशम बहादुर बल्छौंडीले विशेष अतिथिको रुपमा सम्बोधन गर्नुभएको थियो ।
अधिवेशनको बन्दसत्रद्वारा सांगठनिक एवम् आर्थिक प्रतिवेदनहरु पारित गर्दै डिल्ली कुमार थापाको अध्यक्षतामा ९ सदस्यीय नेपाल राष्ट्र बैंक कर्मचारी संघ, थापाथली समिति तथा ११ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु चयन भएको छ । जसमा उपाध्यक्ष वासु रिजाल, सचिव वेदनिधि ९वि।एन।० सापकोटा, सहसचिव लुमणि खनाल, कोषाध्यक्ष प्रकाश पोखरेल तथा सदस्यहरुमा राजेश अर्याल, शोभा पाठक, प्रकाश अधिकारी, टंक प्रसाद वाग्ले रहुनु भएको छ । निर्वाचित पदाधिकारीहरुलाई एकता संयोजन समितिका संयोजक तथा नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्ष रुद्रप्रसाद तिम्सिना एवम् संघका महासचिव गोविन्द प्रसाद भण्डारीले बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ