मन्त्री सोनलले गरे शिलन्यास पुल शिलान्यास 

मन्त्री सोनलले गरे शिलन्यास पुल शिलान्यास 

  • आइतवार, माघ ४, २०७७
  • संजय सहनी

  • 9.8K
    SHARES

माघ ०५ । प्रदेश दुइका भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनलले विकास निर्माणमा प्रदेश नम्बर २ ले अन्य सम्पूर्ण प्रदेशलाई पछाडी छोडेको बताएका छन् ।बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकाको वडा नम्बर ८ रमौली लोसन्डा र वडा नम्बर २० बस्डीलवा बीच रहेको दुधौरा नदीमा पुल निर्माणको शिलान्यास गर्दै मन्त्री सोनलले सो कुरा बताएका हुन।

सोनलले हामी बिकासको लागि अहोरात्र खटीरहेका छौ ,प्रदेश बासीको चाहना अनुरुप अघि बढदै छौ तर संघीय सरकार विभिन्न बाहाना बाजि गर्दै प्रदेशको बिकास र समृद्धिमा बाधक बनेको बताए ।उहाँले भने( कर्मचारी सरुवा लगायत विभिन्न बहानामा प्रदेश सरकारलाई पछि पार्ने खेलमा लागेका ओलि सरकार अहिले सन्सद विघटन गरि चुनावको घोषणा गरि ठूलो घातक काम गरेको आरोप लगाए।सोनलले कुर्सीको लागि प्रधानमन्त्री ओलिले चालेको असमबैधानिक कदमले देशलाई आर्थिक भार लाद्ने र बिकासमा अबरोध गर्ने काम गरेकोले त्यस विरुद्ध जनतालाई घर( घरबाट निस्केर प्रतिकार गर्न समेत अपिल र आग्रह गरे ।पुल निर्माणको प्रसङ्गमा बोल्दै मन्त्री सोनलले पुल निर्माणपछि ग्रामिण क्षेत्रका कृषकहरुको उत्पादन शहरी बजारसम्म सजिलै पुग्ने विश्वास व्यक्त गरे ।
जनता समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्यसमेत रहेका मन्त्री सोनलले पुल निर्माण पश्चात जितपुर सिमराका जनतालाई जिल्लाको सदरमुकाम कलैया पुग्न समेत सहज हुने बताए।
दुधौरा नदीमा पुल निर्माण हुनेभएपछि लामो समयदेखि वैकल्पिक बाटो प्रयोग गर्न बाध्य रहेका स्थानीय हर्षित भएका छन् । पुल नहुँदा वर्षायाममा स्थानीय २५ किलोमिटर लामो वैकल्पिक बाटो प्रयोग गर्ने गरेका थिए ।
प्रदेश नम्बर २ को भौतिक पूर्वाधार विकास मन्त्रालयको झन्डै १३ करोड रुपैयाँको लागतमा निर्माण हुनलागेको पुलको मन्त्री जितेन्द्र सोनलले शिलन्यास गरेका हुन। पुल निर्माणको जिम्मा मकवानपुर जिल्लास्थित हेटौँडाको सपना मेरिना जेभी कन्स्ट्रक्सनले लिएको छ ।
१ सय मिटर लामो पुल आगामी २०७९ असोज २८ गतेसम्म निर्माण कम्पनिले सम्पन्न गर्ने सम्झौता गरेको उहाँ निकटका रमेश सरार्फले बताए ।
शिलन्यास कार्यक्रममा विघटित प्रतिनिधिसभा सदस्य एकबाल मियाँ, जसपाका नेता घनश्याम गिरि, शिवजी साह, वडा अध्यक्ष रामबाबु पटेल, सरोज पटेल, रसुल मियाँलगायतको उपस्थिति रहेको मन्त्री सोनलका स्वकीय सचिव सन्तोष यादवले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ