माघ ४ काठमाडौं । निरन्तर नयाँ उचाई कायम गर्दै गएको शेयर बजार परिसुचक २३०० बिन्दु पार भएको छ । यो हाल सम्मको सबै भन्दा धेरै बृद्धि हो । आइतबार बजार साढे २८ अंकले बढेर २३ सय १५ अंक पुगेको छ।
जलविद्युतबाहेक सबै उपसूचक बढेका छन्। दिनभरीमा २०८ कम्पनीको ६ अर्ब ३७ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
साल्ट ट्रेडिङ कर्पोरेशन, नारायणी डेभलपमेन्ट बैंक, गुराँस लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक र प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्य बढेर सर्किट लागेकोछ । दिनभरीमा १३१ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ कम्पनीको घटेको छ।
जलविद्युत सूचक घटेपनि यसअन्तर्गतका १६ कम्पनीको मूल्य बढेको छ। २० कम्पनीको घटेको छ। यो समूहको ३५ करोड ७८ लाख ६३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline