निर्वाचन आयोगले सर्वदलीय छलफल गर्दै

निर्वाचन आयोगले सर्वदलीय छलफल गर्दै

  • आइतवार, माघ ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.5K
    SHARES

माघ ४ काठमाडौं । आगामी निर्वाचनका विषयमा दलहरूको राय बुझ्न निर्वाचन आयोगले आज सर्वदलीय छलफल गर्दैछ ।

निर्वाचन आयोगका अनुसार आगामी निर्वाचन, मतदाता नामावली, मतदान स्थल तथा मतदान केन्द्रका विषयमा दलहरूसँग छलफल गर्न सर्वदलिय बैठक गर्न लागेको हो ।

आयोगले नेकपाका दुवै पक्ष, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, साझा पार्टी, नेकपा ९माले०, नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी, नेपाली जनता दल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी र नेपाल परिवार दललाई पत्र पठाएर निर्वाचन हेर्ने दुई–दुई जना प्रतिनिधि पठाइदिन आग्रह गरेको छ ।

पुष ५ मा संसद विघटन गर्दै प्रधानमन्त्री ओलीले बैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्ने घोषणा गरेका थिए ।

नेकपा प्रचण्ड माधव समुह, काँग्रेस, जसपा लगायतका दलहरु निर्वाचन भन्दा पनि संसद पुनस्थापनाको पक्षमा आन्दोलित रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ