संसद पुनस्थापनाको विकल्प छैनः डा कोइराला

संसद पुनस्थापनाको विकल्प छैनः डा कोइराला

  • शनिबार, माघ ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली कांग्रेस अलमलमा नभई संसद विघटनका विरुद्ध रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेस विराटनगर महानगरपालिका समितिद्वारा आज आयोजित विरोधसभामा उहाँले सरकारले चालेको कदमलाई सच्याउन संसद् पुनस्र्थापना हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले न्यायालयमा पुगेको मुद्दाका विषयमा दबाब दिन नमिल्ने चर्चा गर्दै सरकारले घोषणा गरेको निर्वाचन निष्पक्ष, स्वतन्त्र र सहभागितामूलक हुनुपर्ने धारणा राख्नुभयो । केन्द्र्रीय सदस्य डा कोइरालाले अहिलेको सरकारले मन्त्रिमण्डल विस्तार गर्न नुहने भन्दै मुलुक द्वन्द्वमासमेत फस्न नहुने तर्क राख्नुभयो । उहाँले सर्वोच्च अदालतले न्याय दिने र त्यो न्याय संसद् पुनस्र्थापनाबाट हुने दाबी गर्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य हसन अंसारी र विराटनगर महानगरपालिकाका प्रमुख एवं नेपाली कांग्रेस महानगर समितिका सभापति भीम पराजुलीले सुविधाजनक बहुमत सरकारले चालेको पछिल्लो कदम संविधान विपरीत छ भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ