एसोसिएसनद्धारा पेट्रोल पम्पहरुलाई अग्नी नियन्त्रक ग्यास सिलिण्डर निशुल्क वितरण

एसोसिएसनद्धारा पेट्रोल पम्पहरुलाई अग्नी नियन्त्रक ग्यास सिलिण्डर निशुल्क वितरण

  • शुक्रबार, माघ २, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

२ माघ काठमाडौं । वाग्मती पेट्रोलियम डिलर्स एसोसिएसनले उपत्यका रहेका पेट्रोल पम्पहरूलाई अग्नि नियन्त्रक ग्यास सिलिन्डर निशुल्क वितरण गरेको छ ।

राजधानीमा एक कार्यक्रमका बीच एसोसिएसनले राजधानीमा रहेका पेट्रोल पम्पहरूलाई अग्नि नियन्त्रक ग्यास सिलिन्डर निशुल्क वितरण गरेको हो ।

पहिलो चरणमा १ सय ३२ आफ्ना सदस्यहरुलाई २५ के।जिको १सय१० थान अग्नि नियन्त्रक ग्यास सिलिन्डर निशुल्क वितरण गरेको थियो ।

उपत्यकामा संचालित पेट्रोल पम्प हरूमा सुरक्षा जोखिम न्यूनीकरण गर्न सिलिन्डर वितरण गरिएको वाग्मती पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष अच्युतवहादुर खड्काले बताए ।

पेट्रोलियम व्यवसायीहरूलाइ नेपाल आयल निगमले निर्देशन मात्र दिने तर व्यवशायि प्रति उत्तरदायी नभएको भन्दै आफ्ना सदस्यहरुलाई डिप रड,५लिटरको क्यलिव्रेसन कोनिकल जार यस अघि नै वितरण गरिएको बताउदै छिट्टै वाग्मती एसोसिएसनले बारूणयन्त्र समेत राख्ने बताए ।

पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले राष्ट्रिय एसोसिएसनका २१ सस्था रहेकोमा वाग्मती एसोसिएसनले‌ आफ्ना सदस्यहरुलाई गरेको कार्यको प्रसंसा गर्दै सबै सस्था हरुले वाग्मती एसोसिएसनवाट सिक्नुपर्ने बताए ।
कार्यक्रममा अखिल नेपाल पेट्रोलियम मजदुर संघका केन्द्रीय अध्यक्ष शिव पोखरेलले उपत्यकाको प्रत्येक पेट्रोल पम्प सुरक्षाको हिसावले निकै संवेदनशील र जोखिम रहेको बताउदै प्रत्येक पेट्रोलियम मजदुरलाई सुरक्षा तालिम दिनु पर्ने जोड दिदै श्रम ऐन, सामाजिक सुरक्षा ऐन कार्यान्वयन नभएको भन्दै सम्पूर्ण व्यवशायिहरू तत्काल सामाजिक सुरक्षा कोषमा सुचिकृत नभए आन्दोलनमा जाने बताए।
कार्यक्रममा ढुवानी व्यवसायी र मजदुर संघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

No description available.

No description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ