कोरोना संक्रमित यात्रुलाई यात्रा गर्न दिएको भन्ने समाचारप्रति निगमको ध्यानाकर्षण

कोरोना संक्रमित यात्रुलाई यात्रा गर्न दिएको भन्ने समाचारप्रति निगमको ध्यानाकर्षण

  • शुक्रबार, माघ २, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

नेपाल वायुसेवा निगमले कोरोनाको पीसीआर पोजिटिभ भएको यात्रुलाई यात्रा गर्न दिएको भनेर प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । निगमले नेपाल र भारतबीच एयर बब्बल सम्झौता अन्तर्गत दुवै देशबाट दैनिक एक-एक उडान हुँदै आएको र उक्त सम्झौताअनुसार ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट उल्लेख भए बमोजिम पुस १५ मा दिल्लीबाट काठमाडौँ उडान गर्ने छ जना यात्रुमा अघिल्लो दिन काठमाडौँबाट जाँदा गरिएको ७२ घण्टाभित्रकै पीसीआर रिपोर्ट रहेकोले यात्रा गर्ने अनुमति दिएको जनाएको छ ।

निगमद्वारा आज जारी विज्ञप्तीमा भनिएको छ, “काठमाडौँ अवतरण गरीसकेपछि हेल्थ डेस्कले भारतमा गरेको पीसीआर रिपोर्ट चाहिने बताए पछि छ जना यात्रुलाई ७२ घण्टाभित्रको पीसीआर भएता पनि क्वारेन्टिनमा राख्नुपर्ने निर्देशन दिएपछि उनीहरुलाई क्वारेन्टिनमा राखिएको हो ।” निगमले अबदेखि जुन देशबाट यात्रा गर्ने हो सोही देशको पीसीआर रिपोर्ट अनिवार्य गर्ने पनि जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ